१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

भैरहवा । लुम्बिनी विकास कोष कार्यालयको पछिल्लो भागमा विगत १० महिनादेखि १४ वटा विद्युतीय भ्यान र ५ वटा विद्युतीय बस ठप्प छन् । वातावरण प्रदूषण कम गर्न र पर्यटनलाई सघाउन लुम्बिनीमा भित्रिएका विद्युतीय बस तथा कार १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनी बिकास कोषको उदासिनताका कारण यी बिद्युतिय सवारीहरु बिग्रने जोखिम बढेको छ ।

Advertisement

लुम्बिनीको चार्जिङ स्टेशनमै राखिएको १० महिनाको समय भएको छ । अझै एक-दुई महिनासम्म त्यत्तिकै राख्दा बिग्रने जोखिम बढेको छ । नचलाएर राख्दा बिग्रने, पाटपूर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको प्राविधिकको भनाइ छ । अहिले यी सवारी साधनलाई विद्युतीय चार्जिङ स्टेशनको पार्किङमा राखिएको छ । बस कसरी सञ्चालन गर्ने भन्ने विषय नटुंगिएकाले सञ्चालनमा समस्या भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

एडिबीको सहयोगमा लुम्बिनीमा आउने पर्यटकको सुविधाको लागि कोषलाई प्राप्त भएको थियो । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विश्व महामारी कोभिड र भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण ढिलाइलाई यसको सञ्चालनको प्रमुख कारक मानेका छन्। ‘बस सञ्चालनको सिधा सम्बन्ध एयरपोर्ट सञ्चालनसंग रहेको छ । एयरपोर्ट सञ्चालनमा आए संगै बस सञ्चालनमा आउने छ ।’ शाक्यले भने ।

यसको साथै अन्य प्राविधिक कारणले पनि बस सञ्चालन हुन नसकेको उनले बताए । बस ल्याउदा नै २–३ महिना लागेको र केही समान टुटफुट भएको कारण पनि हस्तान्तरण हुन नसकेको बताउदै यसको सञ्चालनमा कठिनाई आएको बताए । यसको साथै सोलारबाट सञ्चालन हुने चार्जिङ स्टेशन निर्माण गर्न जापानबाट प्राविधिक आउनु पर्ने र उनिहरु पनि आउन नसकेको कारण बस सञ्चालनमा कठिनाई आएको शाक्यको भनाई छ । सबै काम सम्पन्न भए पछि मात्र कसरी सञ्चालन गर्ने विषयमा छलफल हुने उनले बताए।

सबै काम सम्पन्न हुन कति समय लाग्ने र बस कहिलेदेखि सञ्चालनमा आउने भन्ने बिषयमा लुम्बिनी बिकास कोष भने अहिलेसम्म स्पष्ट रहेको छैन । यस बिषयमा जिज्ञासा राख्दा छिटा भन्दा छिटो बस सञ्चालनमा ल्याइने कोषका सदस्य सचिवको एउटै जवाफ रहेको छ। लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन्। अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन्। एक पटक फूल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल