१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

बुटवल । भन्सार छलेर नेपाल भित्र्याउँदै गरिएको साढे सात लाख बराबरको अवैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी एकाइहरूले सात लाख ४६ हजार सात सय रुपैयाँबराबरको अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

Advertisement

भारतबाट अवैध रूपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले सम्मरीमाई-३, गुलरियाबाट युपी ५३०५५ युपी ५६ सी ४३४६ नम्बरको भारतीय दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा तथा मोटरसाइकल गरी दुई लाख ४७ हजार पाँच सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

त्यस्तै मर्चवारी-७ मञ्जरीया चोकबाट दुई लाख ९० हजार पाँच सय रुपैयाँ बराबरको ११ वटा बोका गरी पाँच लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ केजी चिनी ५० केजी गरी एक लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर-६ गल्लामण्डीबाट बा१४प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रूपमा ल्याउँदै गरेको दुई बोरा चिनी र २३ हजार बराबरको अन्य सामान बरामद गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी हाटीवनगाईबाट खटिएको टोलीले मायादेवी-६ स्थित भन्सार चोकबाट दुई बोरा चिनी, एक बोरा सरफ गरी नाै हजार बराबरको अवैध सामान बरामद गरेको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए … नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा