५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

धादिङ । महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबारको यात्रामा छन् । उण्डाइसौैँ दिनको यात्रामा धादिङको गल्छीबाट २०७८ असोज १९ गते काठमाडौं तर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा परी एक महिलाको हत्या भएकोले पीडितपक्षलाई न्याय र आरोपीलाई कारबाहीका लागि दवाब दिन पैदलयात्रामा रहेको बताएका छन् ।

Advertisement

बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिंसाका कारण हत्या भएको मृतकको माइती पक्षको आरोप छ । बाँके जिल्ला प्रहरी कार्यालयले भने झुण्डिएर आत्महत्या गरेकामा अनुसन्धानबाट घरेलु हिंसा भएको देखिए आत्महत्या दुरुत्साहन अन्तर्गत कारबाही गर्र्नुपर्ने बताएको थियो । महिलाको माग र १९ दिनसम्मको धर्नाका कारण पीडित पक्षले कर्तव्य ज्यान मुद्दा अन्तर्गत जाहेरी ल्याएका कारण पीडितपक्षको माग बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाइएको थियो ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनलाई अपहरपछि बेपत्ता पारिएकाले अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । लामो समय अघिदेखि निर्मला हराएकोले उनको जग्गा जमिनसमेत सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा व्यक्तिको नाममा दर्ता गराइएका कारण घटना रहस्यमय भएकाले अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जिल्लामा प्रहरीले चासो नदिएको आरोप लागाउँदै पीडितपक्ष र महिला अधिकारकर्मीसमेत सिंहदरबार पुगेर माग सम्बोधन गाराउन पैदल यात्रामा आएको महिला अधिकारकर्मी रुबी खानले बताए । अपहरण सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालमा २०७७ मङ्सिर १६ गते दर्ता गराइएको थियो । मुद्दा दर्ता गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ थियो ।

पैदल यात्रामा ११ महिला र तीन पुरुष सहभागी छन् । उण्डाइस दिनदेखि हिँडेका कारण खुट्टा सुन्निएको तथा लामो यात्राको क्रममा पीडित परिवार र अधिकारकर्मीलाई पैदल यात्रामा सकस भएको देखिन्छ । महिलामाथि भएका हिंसाका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिला नै जाहेरी दर्ता गराउन जाँदा अभद्र व्यवहार गर्ने गरिएकाले मानवअधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागिएको महिला अधिकारकर्मी खानको भनाइ थियो ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा