९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बनेका थिए । गठबन्धन दलबीचमै विवाद उत्पन्न भएको आशंकाबीच मंगलबार मन्त्रालय भागबन्डा लगाउन शीर्ष नेताहरूबीच बैठक बसेको हो ।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । अब कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँच/पाँच मन्त्रालय पाउने छन् । कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ ।

माओवादी केन्द्रको भागमा अर्थ, ऊर्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय परेको छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ। एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय तथा जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति जुटेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनतापाटीलाई बतायो । बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन सभामुख न्यायाधीश बने : ओली