१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काठमाडौं । देशभर हालसम्म १६ हजार ६०६ जना कोभिड–१९का सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार मंगलबारसम्म ५०० बढी संक्रमित भएका जिल्ला आठ रहेका छन् । जसमध्ये प्रदेश १ का मोरङ,सुनसरी र झापा ,बाग्मती प्रदेशका काठमाडौं,भक्तपुर र ललितपुर तथा गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको रुपन्देही रहेका छन् ।

Advertisement

हालको तथ्यांकमा बाग्मती प्रदेशमा सबैभन्दा बढी संक्रमित रहेका पाईएको छ भने सूद्रपश्चिममा सबैभन्दा कम संक्रमित रहेको पाईएको छ ।बाग्मती प्रदेशमा पाँच हजार ९१७ संक्रमित छन् भने सूदुरपश्चिम प्रदेशमा ७११ जना संक्रमितर रहेको अधिकारीले बताए ।

प्रदेश १ मा दुई हजार ७८८ संक्रमित रहेका छन् । जस अन्तर्गत ईलाममा १३१,उदयपुरमा २३ ,ओखलढुङ्गामा २३ खोटाङमा ६६, झापामा ६५५, ताप्लेजुङमा ४२ , तेह्रथुममा ४७ , धनकुटामा ९१, पाँचथरमा ४५, भोजपुरमा ७६, मोरङमा ७५२ संखुवासभामा ६६ सुनसरीमा ६७८ र सोलुखुम्बुँमा ९३ रहेका छन् ।

प्रदेश २ मा एक हजार २३० जना संक्रमित रहेका छन् । जसमध्ये धनुषामा ३१२,पर्सामा ८९,बारामा १९३, महोत्तरीमा ७७,रौतहटमा ३१, सप्तरीमा २३४, सर्लाहीमा ८० र सिराहामा २१४ संक्रमित रहेका छन् ।

यस्तै, बाग्मती प्रदेशमा पाँच हजार ९१७ संक्रमित छन् । जसअन्तर्गत काठमाडौंमा दुई हजार २९४,काभ्रेमा ३०६, चितवनमा २५९, दोलखामा ८९, धादिङमा १४८, नुवाकोटमा २२१, भक्तपुरमा ७०६, मकवानपुरमा ४६९,रसुवामा ९, रामेछापमा ५८, ललितपुरमा ८१६, सिन्धुपाल्चोकमा २८९ र सिन्धुलीमा २५३ संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा दुई हजार ९२८ संक्रमित रहेका छन् । जसमध्ये कास्कीमा एक हजार १०६ , गोरखामा २३७, तनहुँमा २५५ नवलपरासी पूर्वमा ३२४,पर्वतमा २०२, मनाङ्मा ७, मुस्ताङ्मा ४, म्याग्दीमा २०, लमजुङ्मा १६० , बाग्लुङ्मा ३२४ र स्याङ्जामा २८९ रहेका छन् ।

लुम्बिनी प्रदेशमा दुई हजार २०४ संक्रमित रहेका छन् । जस अन्तर्गत अर्घाखाँचीमा १४७ कपिलवस्तुमा ७४ गुल्मीमा १९३ दाङ्मा २४७, नवलपरासीमा ८५,पाल्पामा २०१, प्यूठानमा १६,बर्दियामा १८९, बाँकेमा २९९, रुकुम पूर्वमा ४४, रुपन्देहीमा ६२१ र रोल्पामा ९२ रहेका छन् ।

कर्णाली प्रदेशमा ७४८ संक्रमित छन् ।जसअन्तर्गत कालिकोटमा ३२, जाजरकोटमा ११,जुम्लामा १७६, डोल्पामा ८,दैलेखमा १३१, मुगुमा चार, रुकुम पश्चिममा ३५,सल्यानमा ३९, सुर्खेतमा ३०६ र हुम्लामा छ रहेका छन् ।

यस्तै, सूदुरपश्चिम प्रदेशमा ७११ जना संक्रिय संक्रमित रहेका छन् । जसअन्तर्गत अछाममा ८,कञ्चनपुरमा १५८,कैलालीमा ४२८, डडेल्धुरामा ८८,डोटीमा ५०,दार्चुलामा १४, बझाङमा १०, बाजुरामा पाँच र बैतडीमा ३० जना रहेको अधिकारीले बताए ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए … नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा