ताजा अपडेट »

रुपन्देहीमा विभिन्न राजनीतिक दल परित्याग गरी १०० बढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

मंगलबार, १९ असोज २०७८, १३ : ०९
6 Shares

बुटवल । रुपन्देही जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरि १०० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार बुटवलस्थित क्लब डेनोभोमा एक कार्यक्रम गरि नवप्रवेशीलाई अविर लगाएर पार्टी प्रवेश गराईएको छ ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश सह(ईन्चार्ज हकिकुल्ला खाँ र रुपन्देही जिल्ला ईन्चार्ज रामप्रसाद बन्जाडे टंकमणीले पार्टी प्रवेश गर्नेहरूलाई अविर लगाएर स्वागत गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी एमाले तथा जनता समाजवादी पार्टी नेपाल परित्याग गरि १०० जना बढी जिल्ला स्तरीय नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।