४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

भैरहवा । नेपाल सरकारको ५ गते बसेको मन्त्री परिषदको बैठकले नेपाल र भारत बीच बन्द रहेको सीमानाका खोलने निर्णय ग¥यो । मन्त्रीपरिषद्ले निर्णय गरे पनि सीमासित जोडिएर रहेका प्रमुख जिल्ला अधिकारीहरुले माथिबाट परिपत्र नआएको बताउँदै केही दिन थप नाका खोलेनन् । परिपत्र आएपछि नेपालले आफ्नो नाका सुचारु भएको जनायो, तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आवातजावतमा रोक लगायो । भारत तर्फबाट कुनै प्रकारको निर्देशन नआएको बताउँदै एसएसबीले गरेको अवरोध गत शुक्रबारबाट बेलहिया नाकाबाट हटेपछि बेलहिया सुचारु भयो ।

Advertisement

बेलहिया–सुनौली नाका सुचारु भएपनि रुपन्देहीमा पर्ने अर्को ठूलो नाका ककरहवा भने त्यसपछि पनि सञ्चालनमा आउन सकेको थिएन । भारतको सिद्धार्थनगर जिल्ला जोडिएको उक्त नाकामा पनि पहिलाको झै एसएसबीले अवरोध गरेको थियो । १८ महिनासम्म बिभिन्न चोरबाटो प्रयोग गरि ककरहवाबाट भारत जाने नेपाली र भारतबाट नेपाल आउने भारतीय दुवै देशका नागरिक सास्ती ब्यहोरि रहेका थिए । मुलुकको अन्य नाका खोल्दा पनि ककरहवा नाका नखुलेपछि दुवै देशको नागरिक र जनप्रतिनिधिको धैर्यताले जवाफ दिई रहेको थियो । नेपालले आफ्नो नाका खोलेपनि भारतले आवातजावत रोकेको थियो ।

अन्ततः दुवै देशको नागरिक र जनप्रतिनिधिको माग बमोजिम भारतीय एसएसबीले आजदेखी ककरहवाबाट पनि आवागमन सुचारु गरेको छ । एकाबिहानै ककरहवा नाका खुले पछि दुवै देशका नागरिकको हर्षको सीमा नाघेको थियो । रोटीबेटीको मात्र नभई अहिले स्थानीय व्यापारको पनि सम्बन्ध रहेको दुवै देश बिच सीमा खेले पनि स्थानीयहरुले एक अर्कालाई मिठाई खुवाएर खुशी साटेका थिए । सीमा खुल्ने खबर पाएका स्थानीयहरु बिहानैदेखी दुवै देशको झण्डा बोकेर उभिएका थिए । सीमामै बिभिन्न बाजागाजासहित भारत र नेपालको जय जयकार हँुदै थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी भारतीय क्षेत्रमै पुगेर रिबन काटेर १८ महिनादेखि बन्द रहेको ब्यरिकेटर उठाउँदा स्थानीयहरुले आतिशबाजी समेत गरेका थिए । ककरहवा ग्राम पञ्चायत प्रतिनिधि दिलिप पाण्डे दुवै देशको ब्यपार एक अर्कामा भर परेको बताउछन् । “ रोटीबेटीको सम्बन्ध भए पनि पछिल्लो डेढ बर्षदेखी दुवै देशका जनताको बन्द भएको र अहिले सीमा खुले पछि त्यसैको खुशी ब्यक्त गरेका हौं ।” पाण्डेले भने “तपाईहरुले आफ्नो सीमा पहिला खोल्नु भएको छ, हामीले ढिलो खोलेका छौ । यसको लागी नेपाल सरकारलाई धन्यवाद भन्न चाहान्छौ ।”

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन सिंह चौधरीले दुवै देशको सीमा कसनै तनावको कारण नभई बिश्वब्यायी रुपमा फैलिएको कोभिडको कारण रहेकोले अब यो कम भए संगै सीमा सुचारु हुनु सुखद रहेको बताए । उनले लुम्बिनीको सबै भन्दा नजिक रहेको सबै सुविधा युक्त ककरहवा नाका खुले पछि लुम्बिनी आउने पर्यटकमा बृद्धि हुने र बिस्तारै पहिलाकै जस्तै अवस्था आउने बताए ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग रूसमा कोरोना बढेपछि अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा