९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

अर्घाखाँची । शीतगंगा नगरपालिकाको मुख्य बजार ठाँडा दह, अमराईलगायत गाउँमा पानीको चरम अभाव हुँदा समस्या भएको छ । स्थानीय जनताको मुख्य खानेपानी सुपाखोलाको नौ दिनदेखि मर्मत हुन नसक्दा पानीको हाहाकार भएको हो ।

Advertisement

पानीको वैकल्पिक व्यवस्था गर्न विभिन्न लिफ्टिङको व्यवस्था भए पनि समिति चलायमान नहुँदा एक दिन समस्या हुँदा पनि लामो दूरी पार गरेर पानी बोक्ने गरेको स्थानीले दुखेसो पोखेका छन् ।

वडा नम्बर- ३ मा बाउन्ने लिफ्टिङ खानेपानी भए पनि अभावका बेला काम लाग्न नसकेको स्थानीय नारायण पौडेलले गुनासो गरे । पटक पटक विभिन्न बहानामा लिफ्टिङ खानेपानी अवरुद्ध हुने गरेको छ । केही दिनदेखि मिटरमा समस्या आएकाले पानी सुचारु हुन नसकेको समितिका अध्यक्ष उमानन्द अधिकारीले बताए । 

विद्युत्‌का कर्मचारीले मिटर निकालेर लगे पनि अझै नल्याएकाले सुचारु गर्न नसकेको अधिकारीले बताए । यता, विद्युत् प्राधिकरण ठाँडाका कर्मचारी मेगराज खनालले करिब २० दिनअघि समस्या आएपछि मिटर निकालिए पनि समितिले समयमा जिल्ला कार्यालयमा नपठाउँदा ढिलो भएको बताए ।

यस्तै, जिल्ला विद्युत् कार्यालय अर्घाखाँचीका प्रमुख किरण खनालले आइतबार मात्र बिग्रिएको मिटर कार्यालयमा आएको बताए । नयाँ टीओटी मिटर जिल्लाबाट उपलब्ध गराउन नमिल्ने र रकम जम्मा गरेपछि मात्र काठमाडौंबाट आउने भएकाले रकम जम्मा गर्न समितिलाई भनेको खनालले बताए । उनले अहिलेसम्म रकम जम्मा नभएको जानकारी दिए ।

नयाँ मिटर जडान गर्न करिब ४२ हजार रुपैयाँ जम्मा गर्नुपर्ने उनको भनाइ छ । करिब २५ वर्षअघिको योजना जीर्ण भएकाले पनि यस क्षेत्रमा पटक पटक समस्या आउने गरेको छ । मर्मतका लागिसमेत स्थानीयको सहयोग नहुने गरेको समितिको गुनासो छ । 

विगत तीन वर्षदेखि नयाँ खाने पानीको काम सुरु भए पनि अझैसम्म सम्पन्न हुन सकेको छैन । शीतगंगा- ३ खस्रका ७० हजार र ५० हजार लिटरका तथा वडा नम्बर-  ४ को जोगिनिकोटमा ७० हजार लिटरको नयाँ ट्याङ्की बनेको दुई वर्ष भए पनि अहिलेसम्म पानी पुग्नसकेको छैन ।

पुरानो १६ हजार लिटर क्षमताको ट्याङ्कीको पानी प्रयोग गर्ने वडा नम्बर- ३ मा  करिब ४०० घर रहेका छन् । ती घरका लागि ४० वटा धारा रहेका छन्  । एउटा धारामा छदेखि १० घर परिवारले पानी भर्ने गरेका छन् । ट्याङ्की भरी हुँदा पनि बढीमा दुईदेखि तीन घण्टामै पानी रित्तिने गरेको स्थानीय हरि श्रेष्ठले बताए ।

लिफ्टिङ खानेपानीसमेत सानो टयाङ्की भएकाले उपभोत्ताको घरमा बढीमा ३० मिनेट मात्र पानी पुग्ने गरेको छ । पानीको चरम अभाव भए पनि स्थानीय सरकार तथा प्रदेश सरकाले उल्लेख्य काम गर्न नसकेको स्थानीयको गुनासो छ ।- अराज बेल्बासे/न्यूज कारखाना

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश