१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काठमाडौँ । सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो ।कार्यालयले सार्वजनिक गरेको सूचनानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम मङ्गलरबारदेखि लागू हुनेगरी ती निर्माण कम्पनीलाई एक वर्षदेखि तीनवर्ष सम्मका लागि कालोसूचीमा राखिएको हो ।

विशालनगरस्थित सडक विभाग आयोजना निर्देशनालयको सिफारिसमा भारतको महाराष्ट्रस्थित एमएस इण्डो इञ्जिनीयरिङ प्रोजेक्ट कर्पोरेसन तीन वर्षसम्मका लागि र नागार्जुन नगरपालिकाको सिफारिसमा काठमाडौँको ल्यान्ड्रिङ निर्माण सेवा दुई वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।यस्तै विपीन भेट सेन्टर, रुपन्देहीको कक्षपति निर्माण सेवा, काठमाडौँको रचना ट्रेड इन्टरनेशनल, धादिङको नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र भरतपुरको एडभेन्चर÷दि आनन्द जेभी एक÷एक वर्षका लागि कालोसूचीमा परेका छन्।

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा पर्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल