ताजा अपडेट »

कपिलवस्तुमा झाडापखालाको प्रकोपः २ जनाको मृत्यु, २०० भन्दा बढी बिरामी

मंगलबार, १९ असोज २०७८, ११ : ५८
2 Shares

बुटवल । कपिलबस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट २ जनाको मृत्यु भएको छ ।

नगरपालिकाका प्रमुख रजतप्रताप शाहका अनुसार झाडापखालाबाट गयराति १ जनाको घरमै र एक जनाको स्थानीय प्राइभेट क्लिनीकमा मृत्यु भएको बताए । नगरको वडा नं।७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगंजमा हिजो रातीदेखि उपचारकोलागि सयौँ बिरामीहरू आइरहेका छन् ।

नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ । प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन् । स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म दुईसयभन्दा बढी मानिसहरु बिरामी परेको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।