९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

झापा । गौरादह- २ दहलुकी बालख हेमरमलाई खुला ठाउँमा दिसा नगर्न भन्दै शौचालय निर्माणका लागि स्थानीय तहले रिङ र प्यान दियो । तर, नगरपालिकाले शौचालय बनाउन भने सहयोग गरेन । 

Advertisement

सामग्री पाए पनि निर्माणमा सहयोग नगर्दा उनले हालसम्म शौचालय बनाउन सकेकी छैनन् । ‘प्यान र रिङ दिएको दुई-तीन वर्ष भयो तर चर्पी बनाउन सहयोग गरेन । घरको मान्छे त्यही बेला बिरामी हुनुभयो’, उनले भनिन्, ‘बनाउनलाई पैसा थिएन । बनाउन सकिएन ।’ उनको परिवार अहिले पनि अर्काकै शौचालय प्रयोग गरिरहेको छ । 

दहलुकै सीता हेमरमसँग घरमा शौचालय भएको कार्ड छ । तर, उनीसँग शौचालय छैन । गौरादह नगरपालिकाले रिङ र प्यान दियो । उनले रिङ र प्यान गाडेकी पनि छन् । तर, शौचालय बारबेर गरेकी छैनन् । अहिलेसम्म उनको शौचालय प्रयोगमा आएको छ । ‘टाटी लगाएर बारबेर त गरेको थिएँ’, उनी भन्छिन्, ‘बर्खामा सबै भत्कियो । अहिले बनाउनलाई पैसा छैन ।’उनको परिवार अहिले पनि खेत र झाँडीमा खुला दिशा गर्दै आएको छ । ‘कहिले खोला-खोल्सी जान्छौँ’, सीता भन्छिन्, ‘नभएपछि के गर्ने त !’ 

झापालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाले सत प्रतिशत शौचालय बनेरै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको जनाएको छ । तर, पछिल्लो समय सरसफाइमा कम बजेट आउँदा जनचेतनाको कार्यक्रम गर्न नसकिएको डिभिजन प्रमुख सयनकुमार श्रेष्ठले जानकारी दिए । 

गौरादह नगर प्रमुख रोहितकुमार साहले नगरपालिकाभित्र विपन्नलाई शौचालय निर्माणका लागि लाखौँ खर्च गरेको दाबी गरे । उनले जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । तर, केही विपन्न नागरिकले भने शौचालय प्रयोग नगरेको उनी स्वीकार गर्छन् । ‘५०औँ लाख खर्चेर हामीले विपन्नको शौचालय निर्माण गरिदिएका छौँ । जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ । अहिले पनि केही घरहरूमा तराई-मधेस समृद्ध कार्यक्रमअन्तर्गत शौचालय निर्माणको तयारी भइरहेको छ’, उनले भने, ‘यद्यपि, हामीले प्रयास गरिरहँदा पनि केही समस्या भने आएका छन् । केही दिन शौचालय प्रयोग गर्ने र पछि परंपरागत रूपमा बाहिर जाने गरेको देखिएको छ । खोला किनार धाद्रो भएको ठाउँमा जाने अवस्था छ । चेतना कम भएर हो कि अझै पनि हामीले दायरमा ल्याउन सकिरहेका छैनौँ । तर, पनि हाम्रो प्रयास जारी छ । अधिकांश घरहरूमा शौचालय छ ।’

सरकारले झापालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि दक्षिणी क्षेत्रमा अधिकांशले शौचालयको रूपमा खोला खोल्सा नै प्रयोग गर्दै आएका छन् । खुला दिशामुक्त क्षेत्र घोषणापछि पर्याप्त जनचेतनामूलक कार्यक्रमहरू नगर्दा अधिकांश अहिले पनि खुला रूपमा दिसा-पिसाब गर्दै आएका छन् । घरमा शौचालय भए पनि केहीले प्रयोग नै गर्दैनन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन सभामुख न्यायाधीश बने : ओली परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् ?: ओली