ताजा अपडेट »

चट्याङले भाइकाे मृत्यु, दाजुसहित तीन घाइते

मंगलबार, १९ असोज २०७८, ०९ : १६
6 Shares

बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।साेमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका-५ खालीबाटा महेश लुहारकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाकाे शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

मृतक लुहारका श्रीमती र एक छोरा छन् । स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेकाे स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेकाे भैंसी पनि चट्याङ लागेर मरेकाे छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।