५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ ।

१० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् । पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली (मुस्ताङ), अम्मबहादुर शाही (कालीकोट), केशरमान रोका (रुकुमपूर्व), दीपक खड्का (संखुवासभा), नन्दप्रसाद न्यौपाने (गोरखा) र बर्मा लामा (दोलखा) रहेका छन् । 

देउवा पक्षका जिल्ला सभापतिहरूमा शंकर गुरुङ (मनाङ), मोहनविक्रम सिंह (हुम्ला), गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ) र पूर्णबहादुर तामाङ (रामेछाप) रहेका छन् । कांग्रेसले हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार बाँकी जिल्लामा अधिवेशन जारी छ । 

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु ‘केजिएफ २’मा यशसँग नोराको रोमान्स