ताजा अपडेट »

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

मंगलबार, १९ असोज २०७८, ०६ : ५७
4 Shares

काठमाण्डाै । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए । नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । 

त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं मिनेटमा गोल गरेपछि नेपालले ३–१ को अग्रता बनायो ।

खेलको इञ्जुरी समयमा श्रीलङ्काका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए । यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले  २  खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो ।श्रीलङ्का पहिलो खेलमा बङ्गलादेशसँग १–० ले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।