ताजा अपडेट »

इपिएलमा दुई कप्तान शरद र विनोदलाई जरिवाना

मंगलबार, १९ असोज २०७८, ०६ : ४६
10 Shares

काठमाडौँ । जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडीयटर्सका कप्तान शरद भेसावकर र पोखरा राइनोजका कप्तान विनोद भण्डारीलाई जरिवाना लगाइएको छ ।शरदलाई सोमबार सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सविरुद्ध स्लो ओभर रेटको कारण १० प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ ।

त्यस्तै शरद बाहेक भैरहवाका प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ । सोहि खेलमा भैरहवाबाट खेलिरहेका धामीका प्रसादले चितवनका खेलाडी दिलिप नाथमाथि आक्रोशित भएकोमा आर्टिकल २.५ अन्तर्गत दोषी ठहराउदै खेल फिसको २० प्रतिशत जरिवाना लगाइएको छ । 

त्यस्तै सोमबार सम्पन्न खेलमा पोखरा राइनोजका कप्तान विनोद भण्डारीलाई काठमाडौँ किंग्स इलेभेनविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १० प्रतिशत जरिवाना लगाइएको छ । त्यस्तै भण्डारी बाहेक पोखराका प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ ।  

स्लो ओभर रेटका कारण यस अघि काठमाडौंका कप्तान सन्दीप लामिछाने, चितवनका कप्तान सोमपाल कामी र ललितपुरका कप्तान कुशल भुर्तेलमाथि जरिवाना लगाइएको थियो भने टिमका बाँकी खेलाडीलाई २ प्रतिशत जरिवाना लगाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।