ताजा अपडेट »

मैले जुलाईमै क्लब छोड्ने जानकारी गराएको थिए- एम्बाप्पे

मंगलबार, १९ असोज २०७८, ०६ : ४२
6 Shares

काठमाडौँ । किलियन एम्बाप्पेले गत जुलाईमा नै आफुले पिएसजी छोड्न चाहेको क्लब व्यवस्थापनलाई बताएको स्पष्ट गरेका छन् ।एम्बाप्पेले पिएसजीमा अहिले पनि सम्झौता नवीकरण नगरेपछि क्लबले अगस्त अन्तिममा मात्र एम्बाप्पेले क्लब छोड्ने जानकारी गराएको बताएपछि एम्बाप्पेले सो कुराको खण्ड गरेका हुन् ।

एम्बाप्पेले आरएमसी स्पोर्ट्ससँग कुरा गर्दै अहिले आफुलाई गलत देखाउने प्रयास भएको भन्दै आफुले गत जुलाईमा नै क्लब छोड्न चाहेको जानकारी गराएको बताए । उनले भने-' अहिले मानिसहरुले मलाई ६-७ पटक नविकरणको प्रस्ताव अस्विकार गरेको आरोप लगाइरहेका छन् । त्यो विषयमा म कुरा गर्न चाहन्न । त्यो गलत कुरा हो । क्लबले सहि खेलाडीलाई मेरो ठाउमा ल्याओस् भनेर समयमा नै मैले नविकरण नगर्ने जानकारी गराएको थिए ।'

एम्बाप्पेले पिएसजीमा आफुले अत्यन्त खुशीको समय बिताएको बताउदै आफुले अन्तिम समयमा क्लब छोड्ने जानकारी गराएको भन्ने कुरा सहि नभएको स्पष्ट गरेका छन् ।एम्बाप्पेलाई गत ट्रान्सफर विन्डो बन्द हुने अन्तिम समयसम्म पनि रियल म्याड्रिडले किन्ने प्रयास गरेको थियो ।

रियलले एम्बाप्पेका लागि पिएसजीलाई २२० मिलियन युरोको अफर गरेपनि पिएसजीले सो अफर अस्विकार गरेको थियो ।अहिलेसम्म एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नविकरण गरेका छैनन् भने आगामी जनवरीसम्म अहिलेको अवस्था रहेमा एम्बाप्पे फ्री-ट्रान्सफरमा कुनै पनि क्लबसँग सम्झौता गर्न स्वतन्त्र हुने छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।