५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

कपिलवस्तु । प्युठानको वडडाँडा पुगेपछि कुस्मा थापा बोल्न नसक्ने भएकी थिइन । आँखा बन्द भइसकेका थिए । जिब्रो चलाउनसमेत गाह्रो भइरहेको थियो । उनले पीडा मनमा मात्र राख्न सकेकी थिइन् । आत्म विश्वास गुमेपछि उनले बाँच्ने आससमेत मारेकी थिइन् ।

Advertisement

प्युठान स्वर्गदारी नगरपालिका- ५ सारीकी ५८ वर्षीया कुस्मालाई साँझ ७ बजे सर्पले खुट्टामा डसेको थियो । राति ११ बजे उपचार पाएपछि उनी मृत्युबाट जोगिएकी हुन् । कुस्मालाई लिएको आउँदै गरेको एम्बुलेन्सलाई दाङ र कपिलवस्तुको सीमादेखि पूर्वतर्फ धानखोला नजिकै दोबाटामा रोकी उपचार गरिएको थियो ।

कपिलवस्तुबाट गाडी लिएर बीच बाटोमा फेला परी उपचार गरिएको हो । दोबाटामा सडक छेउको प्रतीक्षालयमा सुताएर उनलाई सर्प दंशको उपचारमा प्रयोग हुने औषधी एन्टी स्न्याक भेनम (एएसभी) चलाइएको थियो ।

‘मैले त मर्छु सोचेकी थिए । अस्पताल पुराउनु भन्दा घर लौजाओस् भन्ने मनमनै खेलेको थियो । घरको आँगनमा मर्ने रहर थियो । मनमा यही कुरा खेले पनि बोल्न सक्ने अवस्था थिएन,’ कुस्माले भनिन्, ‘मैले पुर्न जीवन पाएकी पाएछु ।’ कपिलवस्तु सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारी उनी सवार एम्बुलेन्स पहिल्याउँदै गाडी चढेका थिए । बाटोमा उपचार गर्ने गरी भण्डारीले एएसभी अन्य औषधी बोकेका थिए ।

‘मैले हतारमा औषधी राख्दा कैँची हाल्न भुलेछु । नजिकैको घरबाट हँसिया मागेर काम चलाइएको थिए । मैले बाँच्ने आशा मारेको थिए । धन्न औषधिले काम गर्‍यो’, उनले भने ।

कुस्माको अवस्था अहिले सामान्य रहेको छ । सर्पले डसेको आसपासको भाग फुलेकाले एक दिन राखेर डिस्चार्ज गर्ने तयारी गरिएको छ । -जानु पाण्डे/न्यूज कारखाना

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक