ताजा अपडेट »

शहीद स्मृति पुस्तकालयद्वारा पुरस्कारहरुको घोषणा

सोमबार, १८ असोज २०७८, २१ : १९
6 Shares

भैरहवा । शहीद स्मृति पुस्तकालय, भैरहवाले आफ्नो वार्षिकोत्सवमा समर्पण गर्ने गरी विभिन्न पुरस्कारहरु सार्वजनिक गरेको छ । २०७८ का लागि मूल्याङ्कन समितिको सिफारिस गरे अनुसार निर्णय गरी साहित्य, शिक्षा, स्वास्थ्य, समाजसेवा, कृषि तथा सदाचार जागरणका क्षेत्रमा गरी १२ वटा पुरस्कारहरु समर्पण गरिने शहीद स्मृति पुस्तकालयका अध्यक्ष बनमाली निराकारले जानकारी दिए ।

पुस्तकालयले समाजसेवी दीर्घराज काफ्लेले स्थापना गरेका ४५ हजार रुपैया धनराशी रहेको “शहीद स्मृति सदाचार जागरण पुरस्कार’’ भ्रष्टाचार र सुशासनका का निम्ति आवाज उठाउने अभियन्ता काठमाडौंका भरत जङ्गमलाई प्रदान गरिने जनाएको छ । यस्तै डाक्टर गोविन्दबल्लभ भट्टले स्थापना गरेका १८ हजार रुपैया धनराशी रहेको “सरस्वती दशरथ भट्ट स्मृति पुरस्कार’’ शिक्षातर्फ गुल्मीका शशि पन्थी र स्वास्थ्य तर्फ पाल्पाका यादवसिंह कार्कीलाई प्रदान गरिँदैछ ।

पुस्तकालयका अध्यक्ष वनमाली निराकारद्वारा स्थापित ११ हजार १ सय ११ रुपैया धनराशीको “नेत्रशोभा स्मृति साहित्यिक पुरस्कार’’ कोहलपुरका साहित्यकार प्रदान गरिदैछ । घनश्याम गौतमद्वारा स्थापित ७ हजार धनराशीको “रामकला बुद्धनाथ गौतम स्मृति पुरस्कार’’ भैरहवाका युवा समाज सेवी मङ्गल भन्डारीलाई प्रदान गरिने निराकारले जानकारी दिए ।

योगनाथ आचार्यद्वारा स्थापित १ हजार ५ सय ५५ रुपैया धनराशीको “कालिका जगन्नाथ प्रतिभा पुरस्कार संस्कृतिविद् प्राध्यापक डाक्टर गितु गिरीलाई र परशुराम पराजुलीद्वारा छन्दमा कविता लेख्ने एकजना कविलाई पुरस्कृत गर्न स्थापित १० हजार ५ सय ५ रुपैया धनराशीको “गङ्गादेवी नरनारायण स्मृति प्रतिभा पुरस्कार’’ मङ्गलापुर रुपन्देहीका कवि रमेश समर्थनलाई प्रदान गर्ने मूल्याङ्कन समितिले सिफारिस गरेको छ ।

अधिवक्ता तुल्सीराम ढकालद्वारा स्थापित ३ हजार धनराशीको “विश्राम ढकाल स्मृति पुरस्कार’’ बुटवलकि नवोदित गायिका रुपा रौतार र रामेश्वर मण्डलद्वारा स्थापित ७ हजार धनराशीको “सजिया दरबारी मण्डल स्मृति कृषि पुरस्कार’’ भैरहवाका कृषि उद्यमी आशा गुरुङ्गलाई प्रदान गरिदैछ ।

उल्लेखित सबै पुरस्कारहरु पुस्तकालयको २० औं वार्षिकोत्सवको अवसर पारी कार्तिक २४ गते प्रदान गरिने पुस्तकालयका अध्यक्ष निराकारले जनाए । साथै महालक्ष्मी उपाध्याय, गुरुप्रसाद अधिकारी र धर्मराज आचार्यद्वारा स्थापित अन्य तीनवटा पुरस्कारहरु परीक्षाफल प्रकाशित नभएका कारण हाललाई स्थगित गरिएको र परीक्षाफल प्रकाशित भएपछि उपयुक्त समयमा पुरस्कार बितरण गरिने उनले जनाए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा