ताजा अपडेट »

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता

आइतबार, १३ माघ २०७५, १६ : २७
2 Shares

माघ १३,

काठमाडौं । प्रधानम्न्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतवार भेटवार्ता भएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा  भण्डारी र ओलीबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् स्वीट्जरल्याण्डसंग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा भएको छलफलबारे जानकारी गराएका थिए । 

 अवसरमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थअधिकारीहरु समेतको उपस्थिति थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।