४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

जनवादी गणतन्त्र चीनले आफ्नो स्थापनाको ७२ वर्षे स्थापना दिवश मनाएको छ । अक्टोवर १, १९४९ मा माओसेतुङको नेतृत्वमा चीनमा कम्यूनिष्ट पार्टी अफ चाईनाले गणतन्त्र चिनको स्थापना गरेको हो । लामो जनयूद्ध पछि माओले नेतृत्व गरेको कम्यूनिस्ट पार्टीले चिनलाई कब्जा गर्दै जनवादी गणतन्त्रमा पुर्याएको हो । जसको स्थापनाको ७२ वर्षमा आर्थिक महाशक्तिको देश हुन पुगेको छ । जनवादी गणतन्त्र चीनमा चिनियाँ अर्थतन्त्रको रुपान्तरण र योजनाकार भने नेता देङ स्याओपिङ हुन् । उनले सन् १९८७ मा लिएका आर्थिक लक्ष्यहरुले चीनलाई आज संसारको अर्थतन्त्रमा महाशक्ति राष्ट्रको दर्जामा पुर्याएको छ । कम्यूनिष्ट शासनलाई आर्थिक सुधार र खुल्लापनको नीतिमा रुपान्तरण गर्दै चिनियाँ अर्थतन्त्रलाई समाजवादी अर्थबजार चरित्रमा विकास गरे ।

Advertisement

चिनियाँ आधुनिक समाजवादी बजार अर्थतन्त्रको निर्माणका लागि चार आधारस्तम्भहरु पनि निर्माण नेता देङ स्याओपिङले बनाए । जुन कृषि, उद्योग, विज्ञान र प्रविधि तथा सैनिक शक्ति चीनको अर्थतन्त्रको विकासमा राज्यको निर्माण गरेको नीति हो । यो सन् १९२० को दशकमा तत्कालीन सोभियत संघमा लेनिनले निर्माण गरेको अर्थनीतिसँग मिल्दोजुल्दो देखिन्छ । चीनले पूँजीवादी आर्थिक विकासबाट मात्र समाजवादी चरित्रको अर्थतन्त्रको निर्माणका लागि उत्पादनका साधनहरुलाई प्रयोग गरेको देखिन्छ । चीनले बजारसहितको समाजवादी अर्थव्यवस्था र योजनाबद्ध विकासको बाटो तय गरेको छ । यो बजार र योजनाले अर्थतन्त्रलाई निर्देशित गर्ने औजार हो । जुन विश्वमा नौलो परिक्षण पनि हो ।

चीनले सिंगापुरका अर्थतन्त्रका निर्माता ली क्वान युको आर्थिक मोडललाई समेत अंगिकार गरेको पाइन्छ । जसबाट चीनमा उद्यशीलताको विकासमा सहयोग पुगेको छ । चीन सरकारले औद्योगिककरणमा गर्नका लागि केहि समय करमा छुट, नाफामूलक व्यापारको मोडल , उन्नत प्रविधिको प्रयोग र निर्यातमुलक उद्योगलाई प्रोत्सान गरेको छ । तर, यहाँ यूरोप तथा अमेरिकामा जस्तो व्यापारमा व्यक्तिवादी प्रवृत्ति आर्थिक क्षेत्रमा हाबी देखिँदैन । यहाँको औद्योगिककरण सरकार निर्देशित रहेको छ । जसका कारण यहाँका उद्योगहरु सधै सफल रहेका छन् । चीनले विशेष आर्थिक क्षेत्रहरुको स्थापनासँगै उत्पादन निर्यातलाई समेत सकारात्मक परिणाम प्राप्त भएको देखिन्छ ।

संसारको सबैभन्दा धेरै लगभग १ अर्ब ४२ करोड जनसख्या भएको चीनको क्षेत्रफलपनि ९६ लाख ४१ हजार १४४ वर्ग किलोमीटर क्षेत्रफल रहेको छ । यो रुस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार,भारत, भुटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान र कजाखिस्तान सीमा जोडिएको छ । यहाँ एकदलीय व्यवस्था रहेको छ । जसको नेतृत्वमा अहिले सि जिनपिङ रहेका छन् । स्थापनाको ७२ वर्षमा आर्थिक विकासमा संसारको महाशक्ति हुन पुगेको चीन र नेपालको सम्वन्ध भने परापुर्वक कालदेखि भएको पाइन्छ । ४०६ एडी चिनियाँ बुद्ध भिक्षु फाहियान र चिनिया यात्री हु वान स्यागंको लुम्बिनी भ्रमणको यात्रा वर्णन नेपालको इतिहासको मुख्य आधार भएको छ ।

नेपालकी राजा अंशुवर्माकी छोरी भृकृटीको विवाह चिनियाँ राजा सरङ्गचङ्ग गम्पोसँग भएको कुराहरु र बुद्ध दर्शनको समानताले नेपाल चीनको सम्बन्ध परापूर्वक कालदेखि आजसम्म निरन्तर रहेको देखिन्छ । तर,निरङकुश राणा शासनको अन्त्यसँग शुरु भएको नेपालको प्रजातान्त्रिक राजनीतिक यात्रा पनि आज ७० वर्ष पुगेको छ । चीनले आफ्नो स्वतन्त्रताको ७२ वर्षमा संसारको महाशक्ति राष्ट्र बन्न सफल भएको देखिन्छ भने नेपालमा आन्तरिक खिचातानीहरुका कारण देश विकासमा बाधा भएको देखिन्छ । नेपालको पुरानो र छिमेकी देश चीनको मोडलले अर्थतन्त्रमा संसार कब्जा गरिसकेको अवस्थामा हामी परनिर्भर अर्थनीतिमा रहेका छौं । अब नेपालले पनि देशको अर्थतन्त्रलाई सफल र सुदृढीकरण गर्दै विकासशील देशको दर्जामा पुग्नु पर्दछ । यसका लागि नेपाली जनता र यहाँको राजनीतिक दल सधैं नेपाल र नेपाली पक्षमा हुनुपर्दछ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश