ताजा अपडेट »

बुटवलमा टिप्पर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

शनिबार, १६ असोज २०७८, १० : १०
4 Shares

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार राति (शनिबार बिहानै) पौनै २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिप्पर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते २ को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय ,बुटवलले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा चालक रिब्दीकोट गाउँपालिका,पाल्पाका ३४ वर्षिय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षिय युवा रहेका छन् । पूर्ण विवरण नखुलेका ३२ वर्षिय युवाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । टिप्पर सडकबाट तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।