४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गतेदेखि गाउँ-नगर तहको निर्वाचन प्रारम्भ भएको छ । यसैबीच रुपन्देहीको बुटवल उपमहानगरपालिका पनि असोज ९ गते निर्वाचन सम्पन्न भइसकेको छ । बुटवल उपमहानगरमा खेलराज पाण्डेले पुनःजिम्मेवारी प्राप्त गरेका छन् । यस अगाडिनै २ पटक सभापति रहेका पाण्डे स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगर प्रमुखका प्रत्यासी पनि हुन् । कांग्रेसका प्रभावकारी नेताको पहिचान बनाएका पाण्डे तेस्रो पटक सभापति भएसँगै उनको थप चर्चा हुन थालेको छ । यसै सन्दर्भमा रहेर ग्लोबल आवाजका लागि कांग्रेस बुटवल उपमहानगरका नवनिर्वाचित सभापति खेलराज पाण्डेसँग सुरज घिमिरेले गरेको कुराकानी :

Advertisement

भारी मतका साथ पुनः कांग्रेस बुटवल उपमहानगरपालिकाको नेतृत्वको जिम्मेवारी प्राप्त गर्नु भएको छ । यसलाई कसरी लिनुभएको छ ?
-यस पटकको जिम्मेवारीलाई थप र अझै महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको छु । मलाई निरन्तर विश्वास र साथ दिएको अनुभूतिसँगै उहाँहरु र पार्टीप्रति गहन जिम्मेवारी थपिएको महसुस गरेको छु । नेपाली कांग्रेस बुटवललाई आगामी दिनमा पहिलो पार्टी कसरी बनाउने भन्ने एउटा सन्दर्भ योसँग जोडिएको छ । विगतका स्थानीय तहका निर्वाचनहरु, प्रदेश र संघीय निर्वाचनहरु हामी जित्न सकेनौं ,सफलता पाउन सकेनौं । त्यसैले अहिलेको १४ औं महाधिवेशनबाट हामी स्थानीय तहमा निर्वाचित भएर आएका छौं । हाम्रो दायित्व, हाम्रो मुख्य लक्ष्य, उद्देश्य स्थानीय तहको निर्वाचन कसरी सफल पार्ने, नेपाली कांग्रेसलाई कसरी पहिलो पार्टी बनाउने, निर्वाचनहरुमा कसरी कांग्रेसलाई जिताउने भन्ने रहेको छ ।

यस अगाडि तपाइँनै नेतृत्वमा रहँदा बुटवलमा कांग्रेस कमजोर देखियो । अर्कोतर्फ तपाइँ निरन्तर सभापतिमै हुनुहुन्छ । नगर छोड्न नसक्नु भएको वा अन्य कारण हो ?
-निर्वाचनमा मतका आधारमा कांग्रेस केहि पछाडि हो,कमजोर होइन। म सभापति भइरहँदा कांग्रेसलाई संगठित र शसक्त बनाउने अभियान निरन्तर रहयो । विभिन्न तहमा नेतृत्वमा नभएपनि हामी शसक्त प्रतिपक्ष हौं । र, भूमिका निर्वाह गरिरहेका छौं । पहिलो घर नबाईकिन छिमेकतिर हेरेर काम लाग्दैन् जस्तो मलाई लाग्यो। त्यसकारण पहिलो मेरो दायित्व नेपाली नगरको नेतृत्व छोड्न नसक्नु वा माथिल्लो तहमा नजानु आवश्यकता अनुसार हुने कुरा हो । मेरो आवश्यकता यहीँ देखेरनै मलाई यहाँका जनताले निरन्तर जिम्मेवारी दिएको मैले ठानेको छु। पहिला घर बनाउने मान्यता र उद्देश्य अनुसार म लगाएतका पदाधिकारीहरुले कांग्रेसलाई बुटवलमा बलियो र पहिलो पार्टी बनाउने अभियानमा छौं ।

अघिल्ला कार्यकालमा नेतृत्वले सबैलाई समेट्न नसकेको,विशेषगरी युवा पुस्तालाई अगाडि सार्ने र प्रोत्साहन गर्नेमा कमजोर भूमिका रहेको गुनासो छ । यस विषयलाई कसरी लिई आगामी योजना बनाउनु भएको छ ?
-युवाहरुको सहभागिता र साथले नै पुनः नेतृत्वमा आएका छौं । सबैलाई समेट्न , युवाहरुले आशा गरेअनुसार पूरा गर्न नसकिएको होला । तर, हामीले प्रयास निरन्तर गरेका हौं,गर्छौ । यसभन्दा अगाडिको विधान फरक थियो । त्यसमा समावेशी बनेको थिएन। यूवाहरु आउने बाटो क्षेत्रीय प्रतिनिधिको संख्या अत्यन्तै कम थियो । अहिले कांग्रेसको विधान अत्यन्तै राम्रो छ । समावेशी ल्याउनको लागि कसैले रोक्न सक्ने अवस्था छैन। हामीले जेष्ठ नागरिक देखि यूवाहरुलाई महत्व दिएर अगाडि सारेका छौं । अहिले नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, वडा तहमा अत्यन्तै समावेशी छ । धेरै यूवाहरु समेटिनुभएको छ । म आशा वादी छु । त्यसकारणले पनि अब नेपाली कांग्रेसले अहिलको महाधिवेशनले अगाडी आएका छौं । जुन खालको नेतृत्व स्थापित भएको छ । जुन खालको प्रतिनिधि आउनु भएको छ ।

सर्वसहमति अनुसार नभई नेतृत्वका लागि प्यानल प्रष्पिर्धाबाट आउनु भएको छ । गुटगत चुनावी प्रतिष्पर्धाले पराजित पक्षमा असन्तुष्टि र मनमुटाव देखिएला । लगत्तै स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसबारे कसरी सोँच्नु भएको छ ?
– मैले चुनाव र प्रतिष्पर्धालाई प्यानल र विपक्षीको रुपमा लिइन । त्यो त मैत्रीपूर्ण प्रतियोगिता जस्तै थियो ,जुन जितेपनि मित्रवत रुपमै मानिन्छ । अन्तिमसम्म पनि सहमतिमै आउने प्रयास थियो । लोकतान्त्रिक दलमा लोकतान्त्रिक पद्धतिको अभ्यास भएको ठानेको छु । कुनै पक्ष अगाडि र कुनै पक्ष पछाडि हुने अवस्था थिएन र छैन । हिजोपनि हामी एक थियौं,आज पनि भएका छौं र अगामी दिनमा पनि छौं । आगामी स्थानीय तहको निर्वाचन हामीबीच होइन हाम्रो एकतामा हामी अरुसँग लड्ने हौं त्यसका लागि हामी एक छौं ।

केन्द्रदेखि जिल्ला हुँदै नगरमै पनि गुट देखियो । पछिल्लो समयमा दुई गुटबीच प्रतिष्पर्धानै भएको छ । तपाइँको नेतृत्व र तहबाट एकता र गुटरहित कांग्रेस बनाउन कस्तो पहल हुनेछ ?
– लोकतन्त्र विधि अपनाएका देशहरुमा पक्ष–विपक्षहरु भइरहन्छ । त्यसलाई हामीले त्यति बेलाको चुनावी समयको निश्चित धारणामा मात्र हुनुपर्छ । कसैलाई दीर्घकालिन रुपमा अगाडी बढाउनु हुँदैन। निर्वाचमा लड्दा खेरी कुनै बाटोबाट जानुपर्ने भएकोले एउटा पक्षधर रहँदा, तथापि बुटवलको हकमा कुर गर्दा निर्वाचन पछि सो कुरा समाप्त भएर गएको छ । अधिवेशनबाट हामि जो–जो आएका छौं । हामी साँझा हौं । वार्डमा आएका साथिहरु वार्डको नेतृत्व साँझा हो । नगरमा आएको नेतृत्व पनि सबैको साझा हो । अब फलानो गुटको सभापति भन्ने रहँदैन । त्यसैले अभिवेशन रहँदा सम्म यो कुरा हुनु स्वभाविक हो । अधिवेशन सकिएपछि यी कुराहरु स्वतः समाप्त भएका छन्।

अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन वा सहमतिमा महिला सहभागिता नभएको वा न्यून भएको देखिन्छ । रुपन्देहीको कुनै तहमा पनि महिला नेतृत्व आएन नि ! साथै भातृ संगठनहरु सुस्त देखिन्छन् ,चलायमानका लागि कस्तो योजना छ ?
– महिलाको नेतृत्व नदेखिएपनि उपस्थिति कम हैन । ३३ प्रतिशत नभएसम्म कमिटि बनाउन मिल्दैन । त्यसैले पनि ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुन्छ । यदि कहिँकतै कमी भएमा हामी सहभागी गरानेछौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसकेपछि केन्द्रदेखि सबै भातृ संस्था, शुभेच्छुक संस्थाहरुको बारेमा फेरी पुर्नविचार हुनेछ । विधान अनुसार उनीहरुलाई अगाडि बढाउने काम हुनेछ । र, भातृ संस्थाहरुको जुन अधिकार हो, जुन स्वतन्त्रता हो । सोही अनुरुप नेपाली कांग्रेस अगाडि बढनेछ । केन्द्रकै नीति अनुसार बुटवलमा पनि काम हुनेछन्।

निरन्तर सभापतिसँगै आगामी स्थानीय तहको निर्वाचनमा बुटवल उपमहागरको प्रमुखमा पनि प्रतिष्पर्धीको निरन्तरताको चर्चा छ । सो को लागि यहाँको के-कस्ता तयारी र योजना छन् ?
-मैले निरन्तरता भन्दा पनि पार्टी र जनताको चाहाना अनुसार हो । बुटवलको नेतृत्व र विकासका लागि म गम्भीर र सक्रिय हुँदै आएको धेरैलाई थाहा छ । सबैभन्दा पहिलो कुरा सुकुम्बासी बस्ती लगाएतका समस्याहरु छन् । ज्योतिनगर आस–पासको पहिरो, तिनाउका समस्याहरु पनि छ । चौहारादेखि गोलपार्कसम्मको सडकका खाल्डा-खुल्डीहरु छन् । बेलबास-बेथरी सडकखण्डको समस्या छ । अरु विभिन्न ठाउँका समस्याहरु छन् । कृषिमण्डी, सब्जीमण्डी, अटोका समस्याहरु छन्। खानेपानीका समस्याहरु छन् । अरु विभिन्न ठाउँका सडका समस्याहरु छन् । बुटवल विकासको रुपमा जसरी अगाडि बढ्न पर्ने हो । यहाँको निर्वाचित जनप्रतिनिधिले त्यसरी अगाडी बढाउन सक्नु भएन कि भन्ने हाम्रो बुझाई रहेको छ ।

आगामी दिनमा बुटवललाई देशकै सबैभन्दा समृद्ध र सक्षम उपमहानगरपालिका बनाउनको लागि हामीले आफ्ना विचारहरु ल्याउने छौं । के कारणले बुटवल पछाडि पर्यो, विचारहरु तपाइँको बीचमा राख्ने छौं । र, पार्टीका सबै साथीहरुको धारणा समावेश गरेर बुटवल विकासको लागि पछाडि पर्नुको कारण केके हुन् , त्यसको बारेका विज्ञहरुसँग पनि छलफल गर्ने छौं । र, हामीले आगामी दिनमा देशकै सबैभन्दा समृद्ध आर्थिक केन्द्र बुटवललाई बनाउनेछौं भन्ने बारेमा धारणा राख्ने छौं ।

यसै ग्लोबल आवाज अनलाइनमार्फत म सम्पूर्ण कांग्रेसहरुलाई पार्टीको शसक्तिकरण,सबलीकरण र बलियो तथा पहिलो शक्ति बनाउने प्रतिबद्धता गर्छु । साथै बुटवलबासीको चाहना अनुसार आवश्कता पूरा गरी समृद्ध बुटवल बनाउने अभियानमा सबै पक्षसँग सहकार्य गरी अघि बढ्ने र जनअपेक्षा पूरा गर्न निरन्तर अघि बढ्ने कुरा अवगत गराउन चाहान्छु ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा