ताजा अपडेट »

युवा उद्यमी मञ्चको सातौं स्थापना दिवस, विभिन्न कार्यक्रम गरि मनाईयो

बुधबार, १३ असोज २०७८, २१ : ५१
4 Shares

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले स्थापनाको सातौं वार्षिक उत्सव विभिन्न रचनात्मक काम गरेर मनाएको छ । वि.सं. २०७० सालमा बुटवल उद्योग वाणिज्य संघको सरक्षंकत्वमा स्थापना भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले सो अवसरमा वर्ष २०२०/२०२१ मा विभिन्न विधागत संयोजक तथा सहयोग गर्ने आफ्ना सदस्यहरुलाई २०२०/२०२१ का अध्यक्ष उमेश अमात्यले सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए । १० जना सदस्यबाट रुपन्देहीमा सुरुवात भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीमा हाल ७५ जना सदस्यहरु आबद्ध भएका छन ।

टाईगर प्यालेस रिसोर्टमा एक कार्यक्रमको आयोजना गरी मञ्चले आफ्नो वार्षिकउत्सवको कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले सरकारले बनाएको नितिले गर्दा युवाहरुलाई देशमा रोक्न नसकिएको र पुरानै शैलिबाट उद्योग संचालन गर्नका लागि कानुनी प्रकृया झन्झटिलो भएकोले युवा हरुले केही गर्छु भनेर पनि कानुनी प्रकृयामै बढी अल्झिनु पर्ने भएकाले यसलाई सरकारले नयाँनिती तथा कानुन लिएर समाधन गर्नुपर्ने बताए ।

त्यस्तै प्रमुख अतिथी नेपाली युवा उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष उदिप श्रेष्ठले युवाहरुलाई कसरी विदेश पलाएन हुनबाट रोक्नका लागि विभन्न किसिमका सेमिनार ट्रेनिङ्ग र बैंकिङ्ग प्रोसेसमा सहयोग पनि गरि रहेको बताए । कार्यक्रममा बुटवल उधोग बाणिज्य संघ का अध्यक्ष उज्ज्वल कसजु अवको आर्थिक क्रान्ति युवाहरुबाट मात्रै संभव भएको भन्दै सोही अनुसारको काम गर्नको लागि आग्रह गरे युवा एकता नै युवा आवश्यकता रहेको समेत बताएका थिए ।

मञ्चका निर्वतमान बर्तमान अध्यक्ष उमेश अमात्यले हाल विश्वप्यापी रहेको कोरोना महामारीमा भेण्टिलेटरको लागि बुटवल उद्योग बाणिज्य संघ मार्फत आम्दा अस्पताललाई १ लाख सहयोग समेत गरिएको बताए । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर अध्यक्ष प्रदिप शाक्यले युवा बर्गलार्ई उधोग स्थापना गर्नको लागी मोटीबेशन तालीम र बिउ पुँजी, फाइनान्स लागी सधै पुलको काम गर्दै उद्यमशीलता बिकास गर्न बताए । आफ्नो कार्यकाल नमुना बनाउने भन्दै उनले यसको लागि सबैको सहयोग र साथ आवश्यक रहेको समेत धारणा राखेका थिए ।

मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द ओझा, एनजिसि च्याटर भिपि सुमोदमान सैँजु लागएतले आ-आफ्नो धारणा राखेका थिए । मञ्च रुपन्देहीका उपाध्यक्ष निरज लाकौलले कार्यक्रमलाई सब्य र भव्य बनाईदिनु भएका कार्यक्रम संयोजक, प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अतिथीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । यस्तै विगत बर्षमा मञ्चले गर्दै आएको कार्यक्रमको विषयमा भिडियो डकुमेन्ट्री मार्फत जानकारी गराईएको थियो । कार्यक्र संचालन युवा उद्यमी मञ्च रुपन्देहीका सदस्य सायना श्रेष्ठले गरेकी थिईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।