ताजा अपडेट »

ट्र्याक्टरबाट खसेर एकको मृत्यु

बुधबार, १३ असोज २०७८, २० : २७
2 Shares

कैलाली । कैलालीमा आज ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा–४ राजिपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नंको ट्र्याक्टरबाट खसेर सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राजिपुरकै चालक कर्णबहादुर खत्रीले चलाएको ट्र्याक्टरबाट खस्न गई सोही ट्र्याक्टरमा काम गर्ने चौधरी घाइते भएको र उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो । चालक र ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।