ताजा अपडेट »

स्वास्थ्य सम्बन्धि गतिविधिमा मायादेवी गाउँपालिका प्रथम

बुधबार, १३ असोज २०७८, १९ : ४७
6 Shares

भैरहवा । आर्थिक वर्ष २०७७/०७८ मा रुपन्देहीका पालिका र अन्र्तगतका संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धि गतिविधिहरु उत्कृष्ट रुपमा सम्पन्न गरे बापत स्वास्थ्य कार्यालय रुपन्देहीले रुपन्देहीका पालिकाहरुलाई सम्मानित गरेको छ । सबै गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने मायादेवी गाउँपालिका प्रथम घोषित भएको छ ।

बुधबार भैरहवामा स्वास्थ्य कार्यालय भैरहवाद्वारा आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मायादेवी गाउँपालिकालाई सम्मानित गरेका छन् । ३० वटा सूचकहरु मध्ये मूख्य मूख्य सूचकहरुको आधारमा मूल्याङन गर्दा र प्राप्ताङ्कको आधारमा समेत उत्कृष्ट देखिएको मायादेवी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।

यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका दोश्रो र देवदह नगरपालिका तेश्रो स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालयमा तथ्यांङ्क अधिकृत ओम प्रकाश गुप्ताले जानकारी दिए । “३० वटा सूचक र जम्मा पूर्णाङ्क १ सय राखी पालिकाहरुको मूल्याङ्न गरिएको थियो । जसमध्ये उत्कृष्ट नतिजा ल्याउने ३ पालिकालाई कदर पत्र प्रदान गरिएको छ ।” - गुप्ताले भने ।

भैरहवामा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरी, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ता, स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत टुक प्रसाद पोखरेल लगायतको सहभागीता रहेको थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा