ताजा अपडेट »

स्वर्गीय हजुरबुवाको स्मृतिमा पत्रकार शिवाकोटीद्वारा पुरस्कार स्थापना

बुधबार, १३ असोज २०७८, १९ : १९
6 Shares

बुटवल । नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले स्वर्गिय हजुरबुबा नन्दप्रसाद शिवाकोटीको स्मृतिमा पुरस्कार स्थापना गरेका छन् । शिवाकोटीले प्रेस युनियन दोलखाले आयोजना गरेको एक कार्यक्रम मार्फत २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार घोषणा गरेका हुन् ।

पुरस्कार घोषणा गर्दै महासचिव शिवाकोटीले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई २५ हजार रुपैयाँसहित सम्मान गरिने जानकारी दिए । उनले शिक्षा क्षेत्रको विकाससँगै आफ्ना हजुरबुवाको सम्झनास्वरुप पुरस्कार वितरण गर्न लागिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।