ताजा अपडेट »

चार्डपर्व नजिँकिएसँगै बुटवलमा बजार अनुगमन

बुधबार, १३ असोज २०७८, १८ : ३१
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको छ । खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो ।

बुटवल उपमहानगरपालिका–४, हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाध्य स्टार्स, गोपीकृष्ण किराना पसल बुटवल–९, कालिकापथमा रहेका न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठुल्दाई ट्रेड सप्लार्य÷ठुल्दाई खाद्यान्न भण्डार, बुटवल–९ मै रहेका हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद प्रा.लि, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एशिया एटुजेट सामाग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।

अर्घाखाँची कोल्ड ड्रिक तथा मदिरा स्टोर्स, चौतारी विजनेस ग्रुप, डि.पि.सी. स्टोर्समा अनुगमन भएको छ । डीपीसी स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम जरिवाना गरिएको थियो । चौतारी बिजनेश ग्रुपमा म्याद नोको खान अयोग्य लागि क्रेकर रु. २० पर्ने ४६ पोका नष्ट गरिएको थियो । अर्घाखाँची कोल्डड्रिङ तथा मदिरा स्टोर्समा म्याद नाघेको वियर ६ बोतल, क्यान वियर ५ थान, रियल गोल्ड ३ थान जफथ गरि नष्ट गराइएको थियो ।

अनुगमन गरिएको कतिपय पसलमा लेभव नभएका, अखाद्य रंग मिसिएका र म्याद नाघेका खाद्य सामन पसलमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रमिला गुरुङले बताए । कसुर र अवस्थाका आधारमा त्यस्ता पसललाई थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुन पत्र दिइएको गुरुङको भनाइ छ ।

यस्तै बुटवल–९, कालिकापथमा रहेको न्यू पुरक फेन्सीले उपभोक्ता हीत विपरितको कसुर गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गराइएको थियो । उक्त पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (३) बमोजिमको कसुर गरेको भन्दै जरिवाना गरिएको अनुगमन टोलीमा रहेका बाणिज्य कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिए । सामान विक्री वितरण नगर्न सचेत गराउनुका साथै सामान जफथ गरेर नष्ट गरिएको थियो । कतिपय पसलमा सामान नष्ट र जरिमाना समेत तिराइएको थियो ।

बुटवलको सुख्खानगरमा रहेको पैचो पसल प्रालिमा पनि अनुगमन गरिएको छ । त्यहाँ प्याक गरिएका केही सामानमा लेबल नदेखिएकाले व्यवसाय दर्ता कागजात लिई उपमहानगरमा उपस्थित हुन निर्देशन दिईएको अनुगन समितिले जनाएको छ । यसैगरी बुटवल–८ मै रहेको सुरभि मिष्ठान भण्डार सुरभि लज एण्ड रेष्टुरेष्टमा पनि अनुगमन गरिएको थियो । त्यहाँ दर्ता प्रमाणपत्र नवीकरण नभएको र तीन दिन भित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

भाटभटेनी सुपर मार्केट बुटवलमा पनि अनुगमन गरिएको छ । भाटभटेनीमा प्रमाणपत्रहरु सबै अध्यावधिक रहेको साथै तरकारी बाहेको अन्य सामानहरु केन्द्रबाट खरिद गरी पठाउने गरेको पाइएको बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाका अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले बजार अनुगमनसंगै उपभोक्तामा जागरण ल्याउने अभियानको पनि खाँचो रहेको उल्लेख गरेकी छन् । राज्यका निकायका कामलाई प्रभावकारी बनाउने र बजारमा हुने अराजकतालाई नियन्त्रण गर्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुरुपको कार्यक्रम बनाइएको उनले बताईन् ।

‘उपभोक्ता आफै सचेत, सजग र जागरुक भएमा कालोबजारी र मिसावट रोक्न सहज हुन्छ । सामान किन्दा नै सबै हेरेर किन्ने र चनाखो बन्ने हो भने ठगी हुने जोखिम कम हुन्छ ।’ उनले बताए । उपभोक्ताहरुले आफुले खरिद गर्ने वस्तु वा सामानको उत्पादन मिति, समाप्ति मिति आदी हेरेर खरीद गर्न सुझाव दिए । उपभोक्ता सचेत भएमा ठगी र कालोबजारी गर्नेहरु स्वतः निरुत्साहित हुने दाबी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।