ताजा अपडेट »

पश्चिम नवलपरासीका किसानलाई ५ हजार टन बढी मल वितरण

बुधबार, १३ असोज २०७८, १६ : ३९
4 Shares

परासी । पश्चिम नवलपरासीमा यस वर्ष धान खेतीका लागि ५ हजार ३ सय ७५ टन रासानियक मल किसानहरुलाई वितरण गरिएको छ । गत वर्ष मलको अभाव भएपनि यस वर्ष धान खेतीका लागि प्रर्याप्त रासानियक मल विक्रि गरिएको कृषि समाग्रि कम्पनी लिमिटेड परासीका प्रमुख खडानन्द बंञ्जाडेले बताए ।

धान रोप्नु अगाडि नै किसानहरुले मलको स्टक राख्न पाएको उनको भनाई छ । यस वर्ष समयमै मल उपलब्ध भएका कारण खेति पनि राम्रो र समयमै भएको बताउँदै उनले असार मसान्त सम्म युरीया २१ सय ८५ टन, डिएपी २२ सय ४८ टन, पोटास ३ सय ४७ टन र कषि चुन २० टन विभिन्न सहकारी मार्फत विक्रि गरिएको जानकारी दिए । साउन र भदौमा मात्र कृषि सामाग्री कम्पनीले ९ सय ५३ टन युरीया र ४ सय ८० टन डिएपी विक्रि गरेको छ ।

अहिले कृषि सामाग्री कम्पनीसँग मोज्जादमा मल छैन् । कम्पनीको गोदामा अहिले एक बोरा पनि मल नभएको बंञ्जाडेले बताए । किसानहरुले तोरीका लागि आवश्यक डिएपी पनि मौज्जादमा राखेको बताउँदै मलको ठूलो समस्या नभएको बताए । यद्यपि अब तत्काल मल आउने सम्भावना नहहेको पनि उनको भनाई छ ।

पश्चिम नवलपरासीका अधिकांश स्थानका धान खेती पसाउन सुरु भएको छ भने केही ठाँउ पाकिसकेको छ । जिल्लामा २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ । कृषि सामाग्री कम्पनीले मलको अभाव नभएको बताएपनि किसानहरुले भने जिल्ला मा अझै पनि प्रर्याप्त मल नपाएको गुनासो गर्दै आएका छन् ।

धान खेतीका लागि गत वर्ष भन्दा यस वर्ष सहज भएको भएपनि जिल्लामा मलको आवश्यकता पुरा नभएको उनीहरुको भनाई छ । परासी आर्दश बहुमुखी सहकारी संस्थाका अध्यक्ष पुरन प्रसाद चौधरीले हिउँदे बालीका लागि किसानहरु मलको प्रतिक्षामा रहेको भएपनि मल नपाउँदा निरास भएको बताए । दैनिक किसानहरु मलका लागि सोध्न आउने गरेपनि मल नहुँदा किसानहरु निरास बनेको उनको भनाई छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल