ताजा अपडेट »

भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा

सोमबार, ११ असोज २०७८, १८ : ४५
2 Shares

भैरहवा । आफुहरुलाई आश्वासन दिईएका अनुसारका माग सम्बोधन नभएको बताउदै भैरहवा भिम अस्पतालका स्वास्थ्यकर्मीहरुले फेरी आन्दोलन सुरु गरेका छन् । भिम अस्पतालका अहेब एवम अस्पताल विकास समिति कर्मचारी युनियन, भीम अस्पतालका अध्यक्ष गोपाल उपाध्यायले एक प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

उपाध्यायका अनुसार कर्मचारी युनियनले भदौ १६ गते थालेको आमरण अनशन सहितको आन्दोलनलाई टुंगोमा पुर्याउन १७ गते ३ सदस्यीय समस्या समाधान समिति गठन भएको थियो । समितिले प्रतिवेदन बनाई पेश गरे पनि समितिले औल्याएका न्यूनतम कार्यसुचि, योजना र माग समेत पुरा नभएको उनको गुनासो छ ।

आन्दोलन स्थगित गराउन गरिएका वाचा र सहमति प्रति भीम अस्पताल प्रशासन, बिकास समितिले कुनै चासो नदिएकोले आन्दोलनरत स्वास्थ्यकर्मीले असोज १ गते ५ दिने अल्टिमेटम दिएका थिए । सो समय पनि पार भएकोले बाध्य भएर पुनः आन्दोलनमा जानु परेको उपाध्यायद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्यकर्मीहरुले गरेको चरणवद्ध आन्दोलनको क्रममा आज आफ्नो हाथमा कालो पट्टि बाधेर काम गरेका थिए । सोमबार पनि माग माग सम्बोधन नभएकोले मंगलबारदेखि फेरी आमरण अनशन सुरु गर्ने उपाध्यायले जानकारी दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा