ताजा अपडेट »

रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

सोमबार, ११ असोज २०७८, १८ : ३४
2 Shares

भैरहवा । रुपन्देही जिल्लामा पर्यटन क्षेत्रको पुर्नजागरण गर्न रुपन्देहीका व्यवसायीले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग अघि सारेका छन् । व्यवसाय दर्ता गर्दा वा कम्पनीहरुको प्रवन्धपत्र तथा नियमावलीमा २४ घण्टा नै सञ्चालन गर्न मिल्ने ब्यवस्था भए पनि स्थानिय प्रशासनले सुरक्षाको नाममा राती १० बजे नै व्यवसाय बन्द गराउनु ज्यादती भएको उनीहरुको धारणा रहेको छ ।

४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर भैरहवामा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा ब्यवसायीहरुले मूख्य कारोबार हुने समयमा नै प्रहरीले ब्यवसाय बन्द गराएको गुनासो गरेका छन् । न्यूज ओके र लुम्बिनी ट्राभलरको आयोजना तथा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको सहयोगमा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै होटल एसोसिएसन अफ नेपालका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठले कम्तिमा भैरहवालाई पोखरा जस्तै रातीको १२ बजे सम्म सञ्चालन हुन दिनु पर्ने माग तेस्र्याए । “ब्यवसाय बल्ल जम्न थालेको हुन्छ, राती १० नबज्दै प्रहरी लठ्ठी बजार्दै बन्द गर्न आईपुग्छ । अनि कसरी हुन्छ पर्यटन प्रवर्दन ?” श्रेष्ठले प्रश्न तेस्र्याए ।

यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल शीघ्र संचालन र सिमा क्षेत्रमा पर्यटन वाहन सहित सहज आवागमन नभए सम्म पर्यटन ले चाहे जति गति लिन नसक्ने जिकिर गरे ।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपालको प्रत्येक क्षेत्र पर्यटन क्षेत्रसंग जोडिएको बताए । नेपाललाई धार्मिक, साहसिक पर्यटनको साथै होटल, कृषि, बिद्यालय, खेल एवम मेडिकल लगायतका क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्ने क्षमता रहेको औल्याए । उनले नेपालको पर्यटन बिकासको लागी यहाका पर्यटन ब्यवसायी र सरकारको बराबर सहकार्यको आवश्यकता औल्याए ।

उद्योग बाणिज्य संघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्यालय भैरहवाकी प्रमुख शान्ती दिदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सोट्टोका श्रीचन्द्र गुप्ता, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त मल्ल, लुम्बिनी प्रेस क्लबको उपाध्यक्ष सम्झना शर्मा लगायतले रुपन्देहीको पर्यटन विकासको बारेमा बोलेका थिए । कार्यक्रमको सञ्चालन न्यूज ओकेका सम्पादक मनोरन्जन शर्माले गरेका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा