ताजा अपडेट »

पत्रकार पन्त सम्मानित

सोमबार, ११ असोज २०७८, १८ : २६
6 Shares

भैरहवा । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनको लागी समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै अग्रज पत्रकार चेतन पन्तलाई “लुम्बिनी ट्राभलर टुरिजम अवार्ड”बाट सम्मानित गरिएको छ । ४२ औं पर्यटन दिवसको अवसरमा घोषणा भएको उक्त पुरस्कारबाट सम्मानित हुने पन्त पहिलो पत्रकार हुन् । यो पुरस्कारलाई पर्यटन प्रवर्द्धनमा काम गर्ने पत्रकार, पर्यटन ब्यवसायी वा अन्यलाई प्रत्येक वर्ष वितरण गर्ने पत्रकार मनोरन्जन शर्माले जानकारी दिए ।

कार्यक्रमकै अवसर पारी लुम्बिनी ट्राभलर म्यागेजिनको लोगो पनि अनावरण गरिएको थियो । आगामी पुष महिना देखी आउने ३६ पेजको यो पत्रिकाले यस क्षेत्रको पर्यटन विधामा केन्द्रित रहि प्रकाशित गरिने पत्रकार शर्माले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।