ताजा अपडेट »

फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु

सोमबार, ११ असोज २०७८, १५ : २९
6 Shares

बोगोटा । कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको “सार्वजनिक प्रतिष्ठान“ मा भएको सेनाले जनाएको छ । सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता यस सशस्त्र समूहबाट बारम्बार आक्रमण हुदै आएको पाइन्छ । एक गाडीमा प्रतिष्ठान आइपुगेका फार्क विद्रोहीहरु अन्धाधुन्ध गोली चलाएका सेनाद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोली लागेका अरु तीन जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । यस घटनामा परी अन्य १२ जना घाइते भएका छन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।