ताजा अपडेट »

फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम

सोमबार, ११ असोज २०७८, १५ : ३०
2 Shares

बुटवल । विश्व फार्मेसी दिवसको अवसरमा नेपाल फार्मेसी संघ, लुम्बिनी प्रदेशले शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ सचिव डा. बिकाश देवकोटो विश्व फार्मेसी दिवसको शुभकामना दिदै जहाँ औषधि, त्यहाँ फर्मासिष्ट लाई महत्व दिदै, प्रत्येक नगरदेखि केन्द्रसम्म औषधि स्टोर हुने सरकारी निकाय मा फर्मासिष्ट को ब्यवस्थापन गर्ने कुरा जानकारी गराए ।

सिद्धार्थ फर्मासियुटिकलका जि.एम. वरिष्ठ फर्मासिष्ट भोज राज बस्यालले गुणस्तर औषधि उत्पादनमा गुणस्तर कच्चापदार्थ हुनुपर्छ र फार्मेसी पेसाको महत्व सबैले बुझ्नु पर्ने बताए । त्यस्तै एसियन फर्मासियुटिकल को जि.एम वरिष्ठ रजिस्टर फर्मासिष्ट सभ्यता बस्याल ज्यु ले विश्व फार्मेसी दिवस २०२१ को स्लोगन ‘फार्मेसी सधैं तपाइँको स्वास्थ्य को लागी भरोसा छ’ लाई प्रष्ट पारे । त्यस्तै लुम्बिनी प्रदेशिक अस्पतालको अस्पताल फार्मेसी इन्चार्ज फर्मासिष्ट पदम खनालले फर्मासिष्ट खिम बहादुर पौडेल, एचसिडिए रुपन्देहीका कर्यकारी अध्यक्ष नारायण थापा र मेलन रुपन्देहीका अध्यक्ष नारायण पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वरिष्ठ रजिस्टर फर्मासिष्ट भोज राज बस्याल, वरिष्ठ रजिस्टर फर्मासिष्ट सब्यता बश्याल, रजिस्टर फर्मासिष्ट पदम खनाल र रजिस्टर फर्मासिष्ट खिम ब. पौडेल ज्यु लाई कदर पत्र द्वारा संघले सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष ध्रुव कुमार शर्माको अध्यक्षता र लुम्बिनी प्रदेश को प्रदेश स्वास्थ सचीव डा. बिकाश देवकोटाको प्रमुख अतिथियतामा, रजिस्टर फर्मासिष्ट गोबिन्द तिवारीको स्वागत मन्तब्य र रजिस्टर फर्मासिष्ट सुभेन्द्र प्रसाद यादवको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।