ताजा अपडेट »

बुटवलमा निर्माणाधीन घरबाट खसेर १ जनाको मृत्यु, १ घाइते

सोमबार, ११ असोज २०७८, १३ : ३४
2 Shares

बुटवल । बुटवलमा निर्माणाधीन घरबाट खस्दा एक जना मिस्त्रीको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा आइतबार बाँस भाँचिएर लड्दा चौधरी गम्भीर घाइते भएका थिए । चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने गर्दा बाटोमा नै मृत्यु भएको हो ।

साथै सोही निर्माणाधीन खसेर बाँकेकोकोहलपुर नगरपालिका–२ बर्दहवाका २५ वर्षीय गोबिन्द प्रसाद थारु घाइते भएका छन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैइ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।