ताजा अपडेट »

आर्थिक अभाव हुन दिन्नौ,मास्टर प्लान बनाउनुस् : सांसद भट्टराई

आइतबार, १३ माघ २०७५, १४ : ४९
4 Shares

१० औँ दानापुर ताल महोत्सव–२०७५ सुरु


माघ १३,
विष्णु खत्री

सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा १० औँ दानापुर ताल महोत्सव–२०७५ सुरु भएको छ । वन वन्यजन्तु,सिमसार तथा पर्यापर्यटन क्षेत्रको उत्थान,राष्ट्र निर्माण,समृद्धि र पहिचान भन्ने नारासहित आजदेखी १० औँ दानापुर ताल महोत्सव सुरु भएको हो । श्री समयमाई सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा सुरु भएको महोत्सवको राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले समुद्धघाटन गर्नुभयो ।
समुद्धघाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले दानापुर ताल सिँगो देशको चासोको रुपमा रहेको बताउनुएको छ । उहाँले यस क्षेत्रको विकाशका लागि दानापुर तालले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भट्टराईले ताललाई पर्यटन हबको रुपमा विकाश गर्नका लागि प्रदेश र केन्द्रिय सरकारले सक्दो सहगोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पर्यटन विकाशका सम्भावनाहरुलाई संरक्षण र उपयोग गर्न आग्रह गदैै भट्टराईले भन्नुभयो – “ आर्थिक अभाव हुन दिन्नौ,मास्टर प्लान बनाउनुस् ।”

ताललाई आधुनिक पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्नुपर्ने प्रदेश नं ५ का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले बताउनुभयो । उहाँले तालको विकाशका लागि प्रदेश सरकारले २ करोड बजेट बिनियोजन गरेको बताउँदै ताललाई अझ राम्रो बनाउनका लागि गुरु योजना बनाउने काम भईरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथी समेत रहेका ढकालले पर्यटक भित्रयाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा कन्चन गाउँपालिकाका अध्यक्ष गोर्कण बहादुर क्षेत्री,नेकपाका दिनानाथ आचार्य,नेपाली कांग्रेसका देब बहादुर थापा,राष्ट्रिय जनमुक्ति पार्टीका उम बहादुर थापा,नयाँ शक्तिका सोमनाथ पाण्डे,सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री, कृषि उद्यमी गंगाधर उपाध्यय लगायतले बोल्दै ताललाई संरक्षण गर्नुका साथै पर्यटकीय क्षेत्रको रुपमा पहिचान दिलाउन सबै लाग्नुपर्ने बताएका छन् । यस क्षेत्रलाई व्यवस्थित बनभोज स्थलको रुपमा समेत विकाश गर्नुपर्ने बताउँदै उनीहरुले सबैको सहयोग बिना यो कार्य सम्भव नरहेको बताए । यसैगरी कार्यक्रममा बोल्ने बक्ताहरुले १ हत्ते ताल महोत्सवले आर्थिक क्षेत्रमा समेत ठुलो टेवा पुग्ने उल्लेख गर्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका हुन् । १९ गते सम्म संचालन हुने महोत्सवमा भलिबल प्रतियोगिता,कन्चन डान्स आईडल,डुंगा रेस प्रतियोगिता,कृषि व्यापार मेला,तलाउमा फिसिङ्ग कार्यक्रम रहनेछन् ।
सोमबार राष्ट्रिय लोक तथा दोहोरी गायक दिपु मगर,हास्य कलाकार विष्णु जि पाण्डे ( माईला बा ),लोक तथा दोहोरी गायिका सीता राना मगर,आधुनिक गायक अनिल पहाडि, दोहोरी गायक शुरेश परियार,नृत्यकार पुजा गहतराज लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक खेम सुनारले जानकारी दिनुभयो । कार्यक्रम समयमाई सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष मिन बहादुर थापाको अध्यक्षता,राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईको प्रमख आतिथ्यता,प्रदेश नं ५ का प्रदेश सभा सदस्य भुमिश्वर ढकालको विशिष्ठ आतिथ्यतामा भएको हो । कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद घर्तीमगरको स्वागत तथा रेडियो कन्चनका कार्यक्रम संयोजक हेमा बेल्बासेको संचालनमा सम्पन्न भएको हो ।


उद्धघाटन समारोहमा बाजागाँजा सहित विभिन्न संघ संस्था,आम समुह,विद्यालय लगायतले र्याली सहित झाँकि प्रर्दशन गरेका थिए । उक्त कार्यक्रममा थारु संस्कृति झल्किने झुमरा नाँच,सोरठी नाँच लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिद्धारा मनोरञ्जन प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।