ताजा अपडेट »

सवारी दुर्घटनामा बुटवलका सुवेदी घाइते

आइतबार, १० असोज २०७८, २२ : ०६

परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा सवारी दुर्घटनामा परि एक जना घाइते भएका छन् । आईतबार पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ८ ख २८७७ नम्बरको ट्रकले पश्चिम तर्फ नै गईरहेको प्र. ३-०२-००८-४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बुटवल तामनगर घर भई हाल चाईना स्टेट कम्पनीमा कार्यरत २७ वर्षीय सौरव सुवेदी रहेका छन् । उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।