ताजा अपडेट »

मैत्रीपूर्ण चुनाव जित्यौं, कांग्रेसलाई पहिलो पार्टी बनाउँछौं : पाण्डे

आइतबार, १० असोज २०७८, १८ : ४६
10 Shares

बुटवल । नवनिर्वाचित कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले मैत्रीपूर्ण चुनाव जितेको बताउँदै बुटवलमा कांग्रेसलाई पहिलो पार्टी बनाउने बताए । आइतबार निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन र प्रमाण पत्र वितरण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने ‘हामी बीच मैत्रीपूर्ण चुनाव भएको हो, हामी सबैले जितेका छौं । मेरो जीतमा सबैको साथ र सहयोग छ । आगामी दिनमा हामी एकतावद्ध भएर अगाडि बढ्छौं , कांग्रेसलाई बुटवलमा पहिलो पार्टी बनाउँछौं ।’

पाण्डेले बुटवललाई कांग्रेसको गढ बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘बुटवलमा नेपाली कांग्रेसलाई सबैतहमा जिताउन प्रयत्न गर्नेछु ।’ उनले भने- ‘चाहेँ वडाको चुनाव होस्, चाहे पालिकाको होस्, चाहे प्रदेश, संघको होस् कांग्रेसलाई जिताउन सक्ने पार्टीको रुपमा अगाडि बढाउने छु ।’

उनले मतदाता फोटो खिच्ने काम भईरहेको बताउँदै पार्टीका कुनैपनि पदमा रहने व्यक्तिको मतदातामा नाम नहोस् भन्दै चेतावनी व्यक्त गरे । वार्ड देखि नै मिलेर अगाडी बढ्ने उनको भनाई छ । उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।