ताजा अपडेट »

नेपालमा गुलाव चक्रवातको असर सोमबारदेखि, ठूलो वर्षाको सम्भावना न्यून

आइतबार, १० असोज २०७८, १७ : २३
4 Shares

काठमाडौँ । हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा भोलि सोमबारदेखि पर्ने भएको छ । यस वर्षको मनसुन सकिन अब केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात आउन लागेको हो ।

गुलाबको प्रभावले नेपालमा त्यस्तो ठूलो असर गर्ने भने नदेखिएको जल तथा मौसमविज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिमा श्रेष्ठले गोरखापत्र अनलाइनलाई बताए । उनका अनुसार भोलिदेखि मौसममा केही तलमाथि हुनेछ । “पानी पर्नेछ तर त्यस्तो नोक्सानी गर्नेखालको वर्षा भने देखिदैन,” मौसमविद् श्रेष्ठले भने । धेरैजसो चक्रवातजस्तो यसले ठूलो वर्षा गराउन नसक्ने उनले बताए।

उनले भने, “ भोलिदेखि नै पर्नेजस्तो देखिएको छ, यो दुई तीन–दिनमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ तर सतर्कता अपनाउन भने जरुरी छ ।” यो वर्षाको अन्तिमतिर भएकाले ठूलो पानी पर्न सक्ने भन्दै उनले दुई–तीन दिनसम्म सतर्कता अपनाउन अनुरोध गरे । उनले नेपालको ठूला नदीमा बहाब बढेकाले सतर्कता अपनाउन भने जरुरी रहेको बताए । हाल नेपालमा भारतको मध्यप्रदेश तथा उत्तरप्रदेश आसपास अवस्थित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविज्ञान विभागले जनाएको छ ।

यता, बाढी पूर्वानुमान महाशाखाका मौसमविद् मौसम भण्डारीका अनुसार चक्रवातको कारण नेपालमा अझै पानी पर्ने सम्भावना छ । “यो तीन–चार दिन नेपालमा रहनेछ ।” तर भोलिदेखि मौसममा आउन सक्ने परिवर्तनलाई ख्याल गरी सतर्कता अपनाउन भने अनुरोध गरिएको उनले बताए । ठूलो पानी नपरे पनि यो समयमा क्षति हुनसक्छ ।” यसलाई ध्यान दिई सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

हाल नेपालमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।