ताजा अपडेट »

रुपन्देही प्रहरीद्वारा अवैध गोदाममा छापा, २५ लाखको समान बरामद

शनिबार, ०९ असोज २०७८, १३ : १०
34 Shares

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देहीको ग्रामीण क्षेत्रमा रहेको एक गोदाममा छापा मारी २५ लाख मूल्य बराबरको बिभिन्न सामाग्री बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय धकधईको संयुक्त टोलीलले रोहिणी गाउँपालिका वडा नम्बर २ को खुरहरिया गाउँबाट २५ लाख बराबरको बिभिन्न समान बराद गरेको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । भारतबाट अवैध रुपमा ल्याई खुरहुरियामा रहेको अस्थायी गोदाममा राखिएको अवश्थामा १ हजार ६ सय ४८ वटा कुर्ती टप्स, ६ सय ९५ वटा उलन शर्ट, ४ सय ५३ वटा जेन्स सुट, २ सय २५ पिस प्रिन्टर मसी, चप्पल, टिशर्ट, ८ बण्डल कपडा, जुत्ता, सुट र ट्रयाक गरि २५ लाख बराबरको समान बरामद गरिएको थापाले बताए ।

शुक्रबार राती बरामद भएको यो समान गत बर्षहरुको तुलनामा अहिले सम्मकै सबै भन्दा बढी रहेको थापाको दाव छ । समान बरामद भएको गोदामको बारेमा अनुसन्धान भै रहेको उनले बताए ।

नजिकिदै गरेको चाँडलाई लक्षित गरेर भारतबाट अवैध रुपमा नेपाल भण्डारण गरि यसलाई नेपालकै बिभिन्न शहरहरुमा पु¥याईने योजना रहेको थियो । प्रहरीले अवैध चोरी निकासीलाई कडाई गरेको भए पनि खुल्ला सीमाको कारण यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकेको थापाको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।