ताजा अपडेट »

श्री चेलीको आयोजनामा ३ महिने सिलाई-कटाई

विहीबार, ०७ असोज २०७८, १९ : ५३
5 Shares

बुटवल । घरायसी कामकाजमा ब्यस्त रहने महिलाहरुलाई लक्षित गरि देवदहमा आयोजना गरिएको ३ महिने निःशुल्क सिलाइ-कटाई तालिम सकिएको छ । देवदह नगरपालिकास्थित श्री चेली कृषि सहकारी सस्थाको आयोजनामा रोटरी क्लब अफ बुटवल डाउनटाउनको सहयोग भएको कार्यक्रमको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेको सिपलाई ब्यवसायिक रुपमा ब्यवहारमा लागू गर्न सुझाव दिइन ।

महिलाहरु आर्थिक रुपमा बलियो नभएसम्म सधै समाजमा समानता नआउने भन्दै उनले स्थानिय सरकार समेत महिला स्वलम्बन, जागरणका योजनालाई प्राथमिकता दिएको दाबी गरिन । रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष जबिन कक्षपतीले क्लबको नियमित वार्षिक कार्यक्रम अन्तरगत यो वर्ष पनि महिला स्वरोजगारमुलक सीप तालिम गरिएको बताए । प्रत्येक वर्ष क्लबबाट दुई दर्जन बढि महिलाहरुलाई तालिम दिदै आएको उनले बताए ।

संस्थाका अध्यक्ष साबित्रा बस्याल, उपाध्यक्ष कमला हमालले तालिमसंगै आयआर्जनमा सहजता मिल्ने बताए । तालिम सहकारी संस्थाको भवनमा असार ५ गतेबाट शुरु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।