ताजा अपडेट »

लागूऔषध चरेस कारोबारको नयाँ शैली

बुधबार, ०६ असोज २०७८, ०७ : ३७
10 Shares

काठमाडौँ । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस ओसारपसारमा संलग्न गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको खुलेको हो ।

ब्युरोले मंगलबार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न नौ जनाको गिरोहलाई सार्वजनिक गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ । उनीहरूले चकटी र डायरीसहितका विभिन्न किसिमका हस्तकलाका सामग्रीभित्र चरेस राखेर हस्तकलाको सामानको रूपमा विदेश पठाउने गरेको खुलेको हो ।

ब्युरोले अनुसन्धानका क्रममा उनीहरूले हस्तकलाको ती सामानमा प्रयोग गरेर चरेसलाई विदेश पठाउँदै आएको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।