ताजा अपडेट »

कहिले बनिसक्ला मूलपानी रंगशाला ?

बुधबार, ०६ असोज २०७८, ०७ : २३

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले गत माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्रीको अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेको थियो। त्यस कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै १८ वर्षमा पनि मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिनसकेकामा आश्चर्य व्यक्त गरे। भने, ‘अझै बनिसकेको छैन मूलपानी रंगशाला ? धेरै वर्ष भइसक्यो। अझै बनिसकेको छैन भन्दा छक्क लाग्यो। मैले हेर्न पाएको छैन। अब त्यो छिट्टै सम्पन्न हुन्छ।’ 

ओलीलाई जस्तै आश्चर्य लागेको छ, कागेश्वरी मनहरा–२ का अशोक खड्कालाई। ‘आफ्नै ठाउँमा बन्न लागेको क्रिकेट रंगशालाले चाँडै पूर्णता पाओस् भन्ने चाहना छ’, नेपाल तेक्वान्दो संघ काठमाडौंका अध्यक्षसमेत रहेका खड्का भन्छन्, ‘करोडौं रुपैयाँ खर्च भइसकेको पूर्वाधार छिटो बनोस्। स्थानीयको आशाअनुरूप गुणस्तरीय पूर्वाधार निर्माण होस् भन्ने हो।’ 

डम्पिङ साइटका रूपमा रहेको २ सय ९६ रोपनी जग्गामा परिषद्ले २०६० सालमा रंगशाला निर्माण सुरु गरेको हो। तर, जग्गा अधिग्रहणलगायत काममा लामो समय लाग्यो। त्यसपछि सरकारले २०६९ सालदेखि भने वार्षिक रूपमा बजेट उपलब्ध गराउन थाल्यो। नेपाल क्रिकेट संघ (क्यान)का नाममा २०६९/७० मा ३० लाख बजेट छुट्ट्याइएको थियो। त्यसयता ३२ करोडभन्दा बढी खर्च भइसकेको छ। तर, रंगशालाले पूर्णता पाउन सकेको छैन।यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।