ताजा अपडेट »

तिनाउमा हरितालिका तीज विशेष कार्यक्रम

शुक्रबार, १३ भदौ २०७६, २१ : ५७

भदौ १३,
ग्लोबल आवाज

बुटवल । तिनाउ इ. बो. स्कुलमा हिन्दु नारीहरुको महान चाड हरितालीका तीज पर्वको अवसरमा तीजगित प्रतियोगीता,विविध सांस्कृतिक कार्यक्रम तथा शिक्षक शिीक्षका तथा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई विद्यालयको तर्फदेखि दर खुवाउने कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयकी प्राचार्य सिता पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितीका अदक्ष्य यज्ञमूूर्ति पाण्डेको प्रमुख अतित्थयमा सम्पन्न उक्त क्रार्यक्रममा कक्षा ४ देखि कक्षा ९ सम्मका झण्डै १५ समुहले भाग लिएका थिए ।

विद्यालयका नृत्य प्रशिक्षक किशोर थापा तथा नेपाली शिक्षक कुलबहादुर क्षेत्रीको निर्णायक रहेको उक्त क्रार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सानु पौडेल , मेट्रिका जि.सी र तिनाउ सचेतना क्लबका अदक्ष्य कक्षा ९ स्टारका विद्यार्थी साजन मल्लले गरेका थिए । कक्षा ४ देखि कक्षा ९ सम्म सञ्चालन गरिएको उक्त क्रार्यक्रमको समयमा विभिन्न तीजका कोशेलीहरु पनि प्रस्तुत गरिएको थियो ।अप्रतियोगी नृत्यहरु तथा वभिन्न किसिमका सांस्कृतिक क्रार्यक्रमहरु, लघु नाटकहरु पनि प्रस्तुत गरिएका थिए ।

सो अवसरमा नेपाल रेडक्रस रुपन्देही शाखा जुनियर रेडक्रसद्वारा आयोजित वक्तृत्वकला प्रतियोगीतामा द्वितिय हुन सफल तिनाउ इ. बो. स्कुलमा अध्यानरत छात्रा नमिता थापालाइ पनि विद्यालयकोतर्फबाट मायाको चिनो, प्रमाण प्रत्र तथा नगद प्रदान गरिएको थियोे । विभिन्न १५ समुहमा विभाजीत प्रतियोगी विद्यार्थीहरुको समुह मध्ये कक्षा ७ सनकी प्रकृती खत्रीको समुह प्रथम, कक्षा ५ सनकी अप्सरा रानाभाटको समुह द्वितिय , कक्षा ८ स्टारकी वर्षा पौडेलकोे समुह तृतीय , कक्षा ६ स्टारकी एन्जेला थापा र ४ सनकी आरोही थापाको समुह सान्त्वना हुन सफल भएका थिए ।

उक्त प्रतियोगीतामा प्रथम, द्वितिय तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाइ विद्यालयका अध्यक्ष एवम् क्रार्यक्रमका प्रमुख अतिथि यज्ञमूर्ति पाण्डेले विद्यालयकोतर्फबाट प्रथम पुरस्कार नगद रु ४०००, द्वितिय पुरस्कार नगद रु ३००० ,तृतीय पुरस्कार नगद रु २००० र सान्त्वना पुरस्कार नगद रु १००० प्रदान गरेका थिए । सोही अवसरमा बुटवल इट्टा भट्टीमा बस्दै आएकी १०० वर्षिया वृद्धा कलावती भुसाललाइ विद्यालयले दोसल्ला र नगद सहितले विद्यालयका अध्यक्ष तथा प्राचार्यले सम्मान गरेको विद्यालयका सहप्रचार्य इश्वरी प्रसाद पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।