५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार अल अमिरात क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपालले दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो ।

Advertisement

यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ ।

त्रिकोणात्मक सिरिजमा यसअघिका ३ खेलमा एक मा जीत र २ मा हार बेहोरेको छ ।पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमान र अमेरिकासँग पराजित भयो । अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो । ओमानसँग भने नेपाले ओडीआईमा जितविहीन छ ।

२०२० फेब्रुअरीमा नेपानलमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो । अहिले भइरहेको सिरिजमा पनि नेपाल ओमानसँग सहजै पराजित भयो । लिग टू को अंकतालिकामा शीर्ष स्थानम रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

मंगलबार भएको यसअघिको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । ओमानले भने सिरिजमा यसअघिका दुवै खेल जितेको छ । सिरिजको अन्तिम ओमान र अमेरिकाबीच सोमबार हुनेछ ।

लिग टू मा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरका १४ अंकसहित दोस्रो स्थानमा छ । ७ खेल खेलेको नेपाल तीन खेल जित्दै ६ अंक जोडेको छैटौं स्थानमा छ । लिग टू मा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् जसमा पपुवा न्यु गिनी ८ खेलमै पराजित हुँदै अंकविहीन छ । लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग टू बाट शीर्ष तीन टोली २०२२ जुलाईमा जिम्बाव्वेमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ । बाँकी चार राष्ट्रले पनि ग्लोबल क्वालिफायर पुग्नका लागि प्लेअफ खेल्ने मौका पाउनेछ । जहाँ क्रिकेट विश्वकप च्यालेन्ज लिगका उत्कृष्ट दुई टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

ग्लोबल क्वालिफायरमा सुपर लिगका पुछारका पाँच टिम, लिग टू बाट शीर्ष तीन टिम र प्लेअफबाट दुई गरी जम्मा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट उत्कृष्ट दुई टोलीले २०२३ मा ओडीआई विश्वकप खेल्न पाउनेछन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा