५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

नेपाल अधिराज्यको संविधान २०४७ ले पहिलो पटक वातावरणीय विषयवस्तुलाई संविधानमा उल्लेख गरेको थियो । संविधानको भाग ४ मा ‘जनसाधारणमा वातावरणिय स्वच्छताको चेतना बढाई भौतिक विकास सम्बन्धि क्रियाकलापद्वारा वातावरणमा पर्न जाने प्रतिकूल प्रभाव पर्न नदिन तथा वातावरणको संरक्षण गर्न राज्यले प्राथमिकता दिनेछ र दुर्लभ वन्यजन्तु, वन र वनस्पतिको विशेष संरक्षण गर्ने व्यवस्था गर्नेछ’ भन्ने उल्लेख थियो । यो संवैधानिक व्यवस्था र सन् १९९२ को रियो सम्मेलनमा नेपालले गरेको वातावरण सम्बन्धी प्रतिवद्धताको परिणाम स्वरूप २०५३ माघ १७ गते वातावरण संरक्षण ऐन जारि गरि २०५४ असर १० गते देखि यो ऐन लागू भएको थियो ।

Advertisement

यो ऐन बन्नु अघि नै वातावरण संग सबै भन्दा नजिक रहेका वन र जलश्रोतको संरक्षणको लागि वन ऐन २०४९ र जलश्रोत ऐन २०४९ निर्माण गरि लागू भैसकेका थिए । वन, जलश्रोत, जीवजन्तु, जमिन र फोहरमैला सम्बन्धमा छुट्टाछुट्टै कानूनहरु निर्माण भएको भएपनि वातावरणिय प्रभाव मूल्यांकन, प्रदुषक पदार्थको मापदण्ड निर्धारण, प्रदूषण गर्नेलाई कारवाही जस्ता कुराहरु वातावरण संरक्षण ऐनमा समेटिएकोले यो ऐनलाई नेपालको वातावरण कानूनको मुख्य आधार मान्ने गरिन्छ ।

नेपालमा २०४७ सालको संविधानमा पहिलो पटक प्राकृतिक श्रोत सम्बन्धी विषयवस्तुले प्रवेश पाएको भएपनि नेपालको संबिधान २०७२ लाई वातावरणिय दृष्टिले अग्रगामी मान्न सकिन्छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३० मा स्वच्छ वातावरणको हक समावेश गरिएको छ । यो धारामा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाच्न पाउने र वातावरण ह्रासबाट पिडितलाई क्षतिपूर्ति प्राप्त गर्ने हक हुने कुरा उल्लेख गरिएको छ । त्यसैगरी संविधानको धारा २५ अन्तर्गतको सम्पत्तिको हकमा राज्यले व्यक्तिको सम्पत्तिको उपयोगमा रोक नलगाउने, अधिक्ग्रहण नगर्ने कुरा उल्लेख भएपनि यहि धाराको उपधारा ४ ले भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, वातावरण संरक्षण, व्यवस्थित आवास तथा शहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानून बमोजिम भूमि सुधार, व्यवस्थापन र नियमन गर्न बाधा नपुग्ने कुरा उल्लख छ ।

यो व्यवस्थाले सरकारलाई वातावारनिय सन्तुलन र प्राकृतिक श्रोतको व्यवस्थापनको लागि संबैधानिक संरक्षण संरक्षण प्रदान गरेको देखिन्छ. त्यसैगरी धारा ५१ मा राज्यका नीतिहरुमा पनि कृषि , वन र वातावरणलाई सम्बोधन गरिएको छ । नेपालको संविधानले स्वतन्त्रताको हकलाई निकै महत्व दिएको पाइन्छ.धारा १७ ले कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने तर सर्वसाधारण जनताको सार्वजनिक स्वास्थ्यको प्रतिकुल हुने काममाथि राज्यले रोक लगाउन पाउने व्यवस्था छ ।

स्वच्छ खानेपानी र सरसफाई, खाद्यान्नको व्यवस्था, सुरक्षित आवासको व्यवस्था जस्ता कुराहरु नागरिकको आधारभूत वातावारनिय अधिकार हुन् । यी अधिकारलाई नेपालको संविधान २०७२ ले समेत मौलिक हकको रुपमा अङ्गीकार गरेको छ. संविधानको धारा ३५ ( स्वास्थ्य सम्बन्धि हक), धारा ३६ ( खाध्य समृद्धि हक), धारा ३७ (आवासको हक)र धारा ४४ ( उपभोक्ताको हक) लाइ वातावरण समृद्धि अंतर्सबन्धित अधिकारको रक्षा गर्नको लागि ल्याइएको भन्न सकिन्छ । पछिल्ला दिनहरुमा मानिसहरुले प्राकृतिक र सार्वजनिक श्रोतहरु अतिक्रमण गरेर लाभ लिने प्रवृत्ति बढिरहेको छ । यस्ता कार्यले प्राकृतिक श्रोतको विनास र वातावरणीय असन्तुलनको अवस्था सिर्जना भैरहेको छ । वातावरण संरक्षण गर्नु हरेक नागरिकको कर्तब्य हो। संविधानको धारा ४८ ले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नुलाई नागरिकको कर्तब्य हुने व्यवस्था छ । यो संबैधानिक व्यवस्था हरेक नागरिकले पालना गरेमा प्राकृतिक श्रोत लगाएतका सबै सार्वजनिक श्रोतहरुको संरक्षण हुने कुरामा ढुक्क हुन सकिन्छ ।

संविधानको धारा ५१ मा राज्यका नीतिहरु समाबेश गरिएको छ । यस धाराको उपधारा (ङ) मा कृषि र भूमिसुधार सम्बन्धी नीतिमा भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने, लगाएतका कुराहरु उल्लेख छ । त्यसैगरि धारा ५१(छ)मा प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वद्र्धन र उपयोग सम्बन्धी नीति रहेको छ । यो उपधारामा राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिंदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने कुरा उल्लेख छ ।

जलस्रोतको बहुउपयोगी विकास गर्ने, नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास, जलउत्पन्न प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिंचाइको विकास गर्ने कुराहरको साथै जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्युनीकरण गर्दै जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भुभागमा वन क्षेत्र कायम राख्ने, प्रकृति, वातावरण वा जैविक विविधतामाथि नकारात्मक असर परेको वा पर्न सक्ने अवस्थामा नकारात्मक वातावरणीय प्रभाव निर्मुल वा न्यून गर्न उपयुक्त उपायहरू अवलम्बन गर्ने ब्यवस्था यस धाराले गरेको छ । वातावरण प्रदुषण गर्नेले सो बापत दायित्व ब्यहोर्नुपर्ने तथा वातावरण संरक्षणमा पूर्व सावधानी र पूर्व सूचित सहमति जस्ता पर्यावरणीय दिगो विकासका सिद्धान्त अवलम्बन गर्ने, प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पुर्व सुचना, तयारी, उद्धार, राहत एवम् पुनस्र्थापना गर्ने जस्ता नीतिहरु संबिधानमा ब्यवस्था गरिएकोले यस्ता व्यवस्थाहरूको कार्यन्वयन हुन सकेमा देशमा प्राकृतिक श्रोतको संरक्षण तथा व्यवस्थापन कार्य प्रभावकारी हुन सक्ने देखिन्छ ।

संविधानमा ३ तहका सरकारहरुको व्यवस्था मात्र गरिएको छैन प्राकृतिक श्रोतको उपयोगमा समेत तिनै तहका सरकारलाई एकल र साझा अधिकारहरु प्रदान गरिएको छ । प्राकृतिक श्रोतहरुको उपयोग गर्ने र लाभ लिने क्रममा तिन तहका सरकारहरु विचमा द्वन्द आउन सक्ने हुनाले संबिधानमा नै विवाद निरुपणको लागि प्राकृतिक श्रोत तथा वित्त आयोगको व्यवस्था गरिएको छ । यो आयोगले मुलत प्राकृतिक श्रोतको लाभ र राजस्वको बाँडफाँड गर्ने भएपनि प्राकृतिक स्रोतको बाँडफाँड सम्बन्धी विषयमा संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरू बीच उठ्न सक्ने संभावित विवादको विषयमा अध्ययन अनुसन्धान गरी त्यसको निवारण गर्न समन्वयात्मक रूपमा
काम गर्न सुझाव दिने समेत अधिकार प्रदान गरिनुले संवैधानिक रुपमै प्राकृतिक श्रोतको विवाद हुन नदिन यस आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।

संविधान लागू भएको ६ वर्ष वितिसकेको छ । यो अवधिमा संबिधानमा भएका वातावरणीय व्यवस्थालाई कार्यान्वयन गर्नका लागि गर्नुपर्ने नीतिगत, कानूनी र व्यवहारिक तयारीहरु निकै सुस्त देखिएका छन् । वन नीति, भू उपयोग नीति, जलवायू परिवर्तन नीति, वन तथा वातावरण क्षेत्र सम्बन्धि महाअभियान जस्ता नीतिहरु पछिल्ला ६ वर्षमा ल्याइएको छ । त्यसैगरी भू–उपयोग सम्बन्धी ऐन, जीव नाशक विषादी ऐन, वन ऐन, वातावरण ऐन, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धी ऐन, आवासको अधिकार सम्बन्धी ऐन र जनस्वास्थ्य सेवा सम्बन्धी ऐन कार्यान्वयनमा आईसकेका छन् भने खानेपानी तथा सरसफाई सम्बन्धि ब्यवस्था गर्न बनेको विधेयक, विरुवा संरक्षण, विउविजन, सम्बन्धी कानूनलाई संशोधन गर्न बनेका कानूनहरु संसदमा छलफलको क्रममा छन् ।

संघीय सरकारले वातावरण र प्राकृतिक श्रोत सम्बन्धी कानूनहरु समयमै बनाउन नसकेको कारणले प्रदेश सरकारले कानून निर्माणमा उदासिनता देखाइरहेका छन् । संघ र प्रदेशले वातावरण सम्बन्धी कानून र परिवर्तित नीतिहरु नबनाएपनि स्थानीय सरकारहरुले प्राकृतिक श्रोतको उपयोगको सम्बन्धमा धमाधम कानून, नीति र योजनाहरु निर्माण गरिरहेका छन्।संविधानको मर्म र आवश्यकतालाई ख्याल नगरी सबै स्थानीय तहहरुले आफूखुशी वातावरणिय नीति र योजना बनाउँदै जाने हो भने यसले वातावरणिय अधिकारलाई अलमलमा पार्ने मात्र नभई प्राकृतिक श्रोतबाट उचित लाभ लिन समेत कठिन हुनेछ ।

संविधानका विविध आयामहरुको बारेमा छलफल चलिरहदा यसमा निहित वातावरणिय अंतर्वस्तुहरुको बारेमा निकै कम मात्र वहस हुने गरेका छन् । यो रिक्तताले गर्दा सरकारी निकायहरु वातावरणीय जिम्मेवारीबाट पन्छिने र निजि तथा नागरिक क्षेत्रले वातावरण दोहन गर्दा दण्डित नहुने अवस्था छ । यो अवस्था लामो समयसम्म कायम रहेमा वातावरणीय क्षेत्रले सन्तुलन त गुमाउने छ नै संघीयताका समृद्धिका आधारहरु समेत कमजोर हुनेछन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु ‘केजिएफ २’मा यशसँग नोराको रोमान्स