५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

उदयपुर । जिल्लाको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकास्थित वडा नं ६ को धार्मिक पर्यटकीयस्थल रौता पोखरी जोड्ने ग्रामीण सडक र रौता क्षेत्रको भौतिक पूर्वाधार व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ । गाईघाट मुर्कुची बजारदेखि पुवारे भञ्ज्याङ हुँदै रौता पोखरीसम्म जोड्ने ग्रामीण सडकलाई अब स्तरोन्नतिका लागि ग्राभेलिङसमेत गरेर रौतासम्म जोड्ने ग्रामीण सडक व्यवस्थित तथा स्तरोन्नति गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् ।

Advertisement

तीन वर्षअघि प्रदेश नं १ सरकार र गाउँपालिकाको बजेटमा मुर्कुची पुवारे भन्ज्याङहुँदै रौता पोखरी क्षेत्रसम्म जोड्ने कच्ची सडक निर्माण गरिएको र अब दशैंँ पछाडिदेखि तत्काल नै सो सडक स्तरोन्नति र ग्राभेलिङ गर्दै लैजाने योजना सुरु गरिएको पालिकाका अध्यक्ष खडकाले बताए । यसका लागि प्रदेश सरकारको सहयोग र गाउँपालिकासहितको बजेटबाट सुरु गरिन लागेको पनि सो पालिकाका अध्यक्ष खड्का बताउँछन् । प्रदेशसभा सदस्य नारायण बुर्जा मगरका अनुसार मुर्कुची पुवारे रौता जोड्ने ग्रामीण सडक पुनः निर्माण तथा ग्राभेलिङको लागि आफ्नो पहलमा प्रदेश सरकारबाट केही बजेट व्यवस्थापन भइसकेको र गाउँपालिकासहितको बजेटमा अब ग्रामीण सडक सुधारको काम सुरु हुने बताए ।

जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा रहेको रौता पोखरी क्षेत्रमा यस पटकदेखि नै पोखरी क्षेत्रसम्म नै विद्युत् विस्तार गरिन लागेको र रौता पोखरीक्षेत्र परिसरमा घुम्न आउने पर्यटकका लागि विश्राम गृहसहित विद्युत्समेत व्यवस्था गरिने योजना सुरु गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरी बताउँछिन् ।

रौता पर्यटन विकासका लागि १० वर्षीय बृहत गुरुयोजना बनाएर जिल्लाका आठ वटै पालिकाको आर्थिक सहयोगमा गुरुयोजना सञ्चालन भइरहेको कारण चार वर्षभित्र नै रौता पर्यटकीयस्थलमा सडक व्यवस्थापन, खानेपानी, सवारी पार्किङ, विश्राम गृह, जस्ता पूर्वाधार तयारी भइसकेको सो गाउँपालिकाले जनाएको छ ।

सदरमुकाम गाईघाट बजार हुँदै त्रियुगा नगरपालिकाको बेलदोभानबाट रौता पोखरीसम्म जोड्ने १९ किलोमिटर लामो केबुलकारसमेत जोड्ने कार्य सुरु हुन लागेको गाउँपालिकाले बताएको छ । त्रियुगाका नगर प्रमुख बलदेव चौधरीका अनुसार रौता जिल्लाको नै महत्वपूर्ण धार्मिकस्थल भएका कारण आफ्नै नेतृत्वमा तीन पटकसम्म सर्भे भएर जिल्ला सदरमुकाम गाईघाट बेलदोभान हुँदै रौता जोड्ने केबलकारको डिपिआरसमेत तयार भइसकेका कारण अब यस पटकबाट केबलकार जडानको कार्य सुरु हुन लागेको प्रमुख चौधरीले बताए ।

झण्डै रु दश अर्ब लगानी लाग्ने केबलकार जडान कार्य गर्न जिल्ला बाहिरका विभिन्न कम्पनी तथा लगानीकर्ताबाट ६० प्रतिशत लगानी र आठ वटै पालिका तथा निजी क्षेत्रबाटसमेत गरेर ४० प्रतिशतको लगानीमा केबकार निर्माणकार्य सुरु हुन लागेको प्रमुख चौधरीले जानकारी दिए ।रौता पर्यटन विकासको गुरुयोजनाअनुसार दुई वर्षसम्म कोभिड– १९ सङ्क्रमणका कारण धेरै काम रोकिन पुगे पनि यस पटकदेखि तीव्र रुपमा विकासका काम अगाडि बढाउन लागिएको गाउँपालिकाले बताएको छ । -रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु