५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

खलङगा । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले दसौंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल यही असोज १ देखि आगामी कात्तिक २४ गतेसम्म सो पसल सञ्चालनमा ल्याएको हो । सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख तिलक सुनारले बताए ।

Advertisement

उनले भने, “अरुवा मोटा चामल प्रतिकिलो रु ४७ मा रु पाँच सहुलियत छुट लिएर रु ४२ मा बिक्री हुने गरेको छ, अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ५१.३०, मासको दाल प्रतिकिलो रु १७०, मसुरोको दाल प्रतिकिलो रु १४० र अरहरको दाल प्रतिकिलो रु १८३ मा प्रतिकिलो रु ५/५ सहुलियत छुट मूल्यमा बिक्री गरेका छौँ ।”

खाद्य व्यवस्था कम्पनीले असोज १ देखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न एक हजार क्विन्टल कोटा पाएको छ । सहुलियत पसल खुलेको पहिलो दिनमै १९ क्विन्टल छुट मूल्यमा खरिद बिक्री भएको शाखा प्रमुख सुनारले बताए । सहुलियत छुट मूल्यमा चामल खरिद गर्ने यहाँका स्थानीयवासीको भीडभाड हुने भएकोले बिक्रीवितरण गर्न शाखाले तालिका सार्वजनिक गरेको छ । आज चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मङ्गलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी एवं शुक्रबार तिला र सिञ्जाका लागि तोकिएको छ ।

बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म, प्रतिव्यक्ति दुई बोरा (६० किलो) र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने खाद्य कम्पनी शाखाले जनाएको छ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । -रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका