ताजा अपडेट »

सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

आइतबार, ०३ असोज २०७८, १३ : ५३
4 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ८९ हजार १०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ । शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० थियो । महासङ्घले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ । गत वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीमा सुन कारोबार ठप्प थियो । अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडबाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताउँछन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।