ताजा अपडेट »

ओडिआई सिरिजमा नेपाल र ओमान खेल्दै, यस्तो छ अंक तालिका

आइतबार, ०३ असोज २०७८, १० : ०७
4 Shares

बुटवल । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको ओमानमा जारी अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दै छ ।त्रिकोणात्मक सिरिजमा यसअघिका ३ खेलमा एक मा जीत र २ मा हार बेहोरेको छ ।पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमान र अमेरिकासँग पराजित भयो । अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो । ओमानसँग भने नेपाले ओडीआईमा जितविहीन छ ।

२०२० फेब्रुअरीमा नेपानलमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो । अहिले भइरहेको सिरिजमा पनि नेपाल ओमानसँग सहजै पराजित भयो । लिग टू को अंकतालिकामा शीर्ष स्थानम रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । मंगलबार भएको यसअघिको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । ओमानले भने सिरिजमा यसअघिका दुवै खेल जितेको छ । सिरिजको अन्तिम ओमान र अमेरिकाबीच सोमबार हुनेछ ।

लिग टू मा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरका १४ अंकसहित दोस्रो स्थानमा छ । ७ खेल खेलेको नेपाल तीन खेल जित्दै ६ अंक जोडेको छैटौं स्थानमा छ । लिग टू मा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् जसमा पपुवा न्यु गिनी ८ खेलमै पराजित हुँदै अंकविहीन छ । लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग टू बाट शीर्ष तीन टोली २०२२ जुलाईमा जिम्बाव्वेमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ । बाँकी चार राष्ट्रले पनि ग्लोबल क्वालिफायर पुग्नका लागि प्लेअफ खेल्ने मौका पाउनेछ । जहाँ क्रिकेट विश्वकप च्यालेन्ज लिगका उत्कृष्ट दुई टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

ग्लोबल क्वालिफायरमा सुपर लिगका पुछारका पाँच टिम, लिग टू बाट शीर्ष तीन टिम र प्लेअफबाट दुई गरी जम्मा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट उत्कृष्ट दुई टोलीले २०२३ मा ओडीआई विश्वकप खेल्न पाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।