ताजा अपडेट »

कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेललाई

शनिबार, ०२ असोज २०७८, २३ : ०८
4 Shares

बुटवल । नेपालको लोकप्रिय हाँस्य रियालिटी सो ‘कमेडी च्याम्पियन–२’ को उपाधि भरतमणि पौडेलले जितेका छन् । त्यसैगरी उत्कृष्ट तीनमा रहेका उनका प्रतिष्पर्धी विक्की अग्रवाल फस्ट रनर अप भएका छन् भने सन्तोष थापा सेकेण्ड रनर अप भएका छन् । पौडेलले उपाधिसँगै नगद रु २५ लाख र कार प्राप्त गरेका छन् । त्यसैगरी फस्ट र सेकण्ड रनर अप अग्रवाल र थापाले क्रमशः मोटर साइकल र स्कूटी प्राप्त गरेका छन्।

प्रतियोगिता अवधीमा पौडेल ७ पटकसम्म ‘पर्फमर अफ द शो’ बनेका थिए । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए। कार्यक्रम कान्तिपुर टेलिभिजन र ट्यूब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । निर्णायकमा हाँस्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।